IME Life New

ट्रम्पको ट्यारिफमा चीनको जबाफ-‘युद्ध चाहन्छन् भने ठीक छ, हामी अन्तिमसम्म लड्छौँ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साहसी निर्णयका बीच विश्वव्यापी व्यापार युद्ध सुरु हुन लागेको छ। संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले मेक्सिको, क्यानडाका साथै भारत र चीनमा रेसिप्रोकल ट्यारिफको कुरा गरेका थिए। अब चीनले यसको उचित जबाफ दिएको छ।

अमेरिकास्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले युद्ध चाहेको भए युद्ध नै सही भएको जनाएको छ। ‘चाहे त्यो व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध’, विज्ञप्तिमा भनिएको छ, ‘हामी अन्तिमसम्म लड्न तयार छौँ।’

Esewa
Crest

ट्रम्पले अमेरिकी संसदलाई सम्बोधन गर्ने क्रममा जुन देशले अमेरिकामाथि कुनै पनि ट्यारिफ थोपर्छ आफूहरु उनीहरुमाथि पनि त्यही ट्यारिफ लगाइने बताएका थिए। ‘अन्य देशले दशकौँदेखि हामीमाथि ठूलो शुल्क लगाउँदै आएका छन्। युरोपेली युनियन, चीन, ब्राजिल, भारत र अन्य देशले हामीमाथि निकै उच्च शुल्क लगाएका छन्, जुन गलत हो’, ट्रम्पले भनेका थिए, ‘भारतले हामीमाथि सतप्रतिशत ट्यारिफ लगाएको छ। यस्तो अवस्थामा अमेरिकाको विद्यमान व्यवस्थालाई बदल्नुपर्छ।’

ट्रम्पले अप्रिल २ देखि जुनसुकै देशले अमेरिकी सामानमा भन्सार लगाएमा आफूहरुले त्यसमा पनि त्यही ट्यारिफ लगाउने बताएका छन्। ‘अन्य देशले दशकौँदेखि हामीविरुद्धमा ट्यारिफ प्रयोग गर्दै आएका छन्। तर, अब यो ट्यारिफ ती देशविरुद्ध प्रयोग गर्ने हाम्रो पालो हो’, ट्रम्पले भनेका थिए।

राष्ट्रपतिले ट्रम्प प्रशासनअन्तर्गत अमेरिकामा आफ्नो सामान नबनाएमा ट्यारिफ र कतिपय अवस्थामा भारी महसुल तिर्नुपर्ने बताएका थिए। ‘हाम्रा उत्पादनहरुमा चीनको औसत ट्यारिफ हामीले लगाएको भन्दा दोब्बर छ र दक्षिण कोरियाको औसत ट्यारिफ चार गुणा बढी छ’, उनले भनेका थिए, ‘चार गुणा बढी ट्यारिफ ! यसका बारेमा सोच्नुहोस्। हामी दक्षिण कोरियालाई सैन्य र अन्य धेरै तरिकामा धेरै मद्दत दिन्छौँ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS