IME Life New

ट्रम्पको ट्यारिफपछि अमेरिकी शेयर बजारमा हाहाकार, डाउ जोन्स र नास्डाकमा पहिरो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डोनाल्ड ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा ट्यारिफ लगाउने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ।

डाउ जोन्स १.४ प्रतिशत, एसएन्डपी–५०० १.७५ प्रतिशत र नास्डाक २.६ प्रतिशत घटेको हो। ट्रम्पले मंगलबारदेखि मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशतसम्मको अतिरिक्त ट्यारिफ लागू भएको बताएका छन्।

Esewa
Crest

यसैबीच चीन, क्यानडा र मेक्सिकोले अमेरिकी सामानमा प्रतिकारात्मक ट्यारिफ लगाउने घोषणा गरेका छन्। क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले भनिन्, ‘ट्रम्पले ट्यारिफ लगाउने हो भने हामी तयार छौँ भन्ने स्पष्ट छ।’

जोलीले क्यानडामा आउने १५५ अर्ब डलर मूल्यको उत्पादनमा प्रतिशोधात्मक ट्यारिफ लगाइने बताइन्। ‘यसको तत्काल सुरुआत ३० अर्ब डलरको सामानबाट सुरु हुनेछ’, उनले भनिन्।

यी तीनै देश अमेरिकाका शीर्ष व्यापार साझेदार भएकाले ट्यारिफको मुद्दाका कारण व्यापार युद्ध हुने सम्भावना झनै बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS