IME Life New

ट्रपले जितेपछि एलन मस्कमाथि पैसाको वर्षा, तोडे आफ्नै ३ वर्षअघिको रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले आफ्नै ३ वर्षअघिको कीर्तिमान तोडेका छन्।

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएपछि एलन मस्कमाथि पैसाको वर्षा हुन थालेको छ। उनको सम्पत्ति हरेक दिन तीव्रगतिमा बढिरहेको छ।

Esewa
Crest

गत नोभेम्बर ५ पछि एलन मस्कको सम्पत्ति लगातार बढिरहेको छ। सम्पत्तिको मामिलामा उनले आफ्नै रेकर्ड ब्रेक गरेका छन्।

ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सअनुसार एलन मस्कको कुल सम्पत्ति बढेर ३४८ अर्ब डलर पुगेको छ। यो आँकडा अहिलेसम्म कसैले पनि छोएका छैनन्।

यसअघि पनि एलन मस्ककै नाममा धेरै सम्पत्तिको रेकर्ड थियो। जुन अहिले एलन मस्कले नै रेकर्ड तोडेका छन्।

सन् २०२१ नोभेम्बरमा एलन मस्कको कुल सम्पत्ति ३४० अर्ब डलरको स्तरमा पुगेको थियो। पछि घटेर २०० अर्ब डलरभन्दा तल आएको थियो।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएयता एलन मस्कको सम्पत्ति ८४ अर्ब डलरले बढिसकेको छ। गत नोभेम्बर ५ मा उनको सम्पत्ति २६४ अर्ब डलर रहेको थियो। अहिले बढेर ३४८ अर्ब डलर पुगेको छ।

पछिल्लो २४ घन्टामा मात्रै एलन मस्कको सम्पत्ति ९.२४ अर्ब डलरले बढेको छ। यो वर्ष अहिलेसम्म भने मस्कको सम्पत्ति ११९ अर्ब डलरले बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS