IME Life New

टोरोण्टोमा दुर्घटनाग्रस्त विमानमा झिण्टीगुण्टा गुमाएका यात्रुले रू ४१ लाख क्षतिपूर्ती पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डेल्टा एयरलाइन्स इंकले यस हप्ताको शुरूमा क्यानेडाको टोरन्टो विमानस्थलमा दुर्घटनाग्रस्त अवतरण पछि उत्तानो परेको क्षेत्रीय जेट उडानमा सवार प्रत्येक यात्रुलाई ३० हजार अमेरिकी डलर(करि ४१ लाख ४६ हजार नेपाली रूपैयाँ) नगदै क्षतिपूर्ती प्रदान गर्ने भएको छ।

सोमबार टोरण्टोको पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा हिउँले ढाकिएको चिप्लो धावनमार्गमा चिप्लिएको विमान पल्टिंदा आगलागी भएको थियो। आगलागी भएपनि सबै ७६ यात्रु र चालक दलका सदस्यको जीवितै उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये ११ जना घाइते भएका थिए।

Esewa
Crest

डेल्टा एयरका प्रवक्तालाई उद्घृत गर्दै एशियनइन्स्योरेन्स पोष्टले लेखेको छ, क्षतिपूर्ती भुक्तानीसँग “कुनै शर्तहरू जोडिएका छैनन् र यात्रुको कुनै अधिकारहरूलाई असर गर्दैनन्”।

विगतमा वायू सेवा कम्पनीले सन् २००९ मा यूएस एयरवेजको “मिरेकल अन द हडसन” उडानमा हराएको सामानहरूको क्षतिपूर्तीवापत प्रति यात्रु ५ हजार अमेरिकी डलर क्षतिपूर्तीवापत भुक्तानी गरेको थियो।

क्यानेडियन उड्डयन सुरक्षा अधिकारीहरूले बम्बार्डियर सिईरजे ९०० विमानबाट ककपिट भ्वाइस र डेटा रेकर्डरहरू बरामद गरेका छन् । उनीहरूले दुर्घटनाको कारणबारे अध्ययनको प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS