IME Life New

टेलिकमको १५औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बिहीवार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न भएको हो ।

सभाले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

Esewa
Crest

सभाले लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आथिृक वर्ष २०७९/८० का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने, निजहरूको पारिश्रमिक निर्धारण गर्ने तथा नियुक्तीका अन्य सर्तहरू निर्धारण गर्ने प्रस्ताव पारित गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS