IME Life New

टीभी एंकर र टीएमाथि सेबीको एक्सन, ५ वर्ष शेयर कारोबार गर्न रोक, १ करोड जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजार नियामक सेबी एक टेलिभिजन प्रस्तोता र टेक्निकल एनालिस्ट (टीए)लाई ५ वर्षका लागि शेयर कारोबार रोक लगाएको छ। यसका साथै उनीहरुलाई जनही भारु १ करोड जरिवाना गरिएको छ।

सेबीले बिजनेस च्यालन सीएनबीसी आवाजका पूर्वएंकर प्रदीप पण्ड्या र च्यानसँग आबद्ध टीए अल्पेश वासनजी फुरियामाथि उक्त कारबाही गरेको हो। योसँगै सेबीले अन्य ६ वटा संस्थाहरुलाई पनि भारु १०–१० लाख जरिवाना गरेको छ। पण्डयाले सीएनबीसी आवाजमा काम गर्दा फुरियालाई कम्पनीहरुको गोप्य सूचनाबारे जानकारी गराएका थिए। त्यही गोप्य सूचनाको फाइदा उठाउँदै फुरियाले आफ्नो आफूसँग जोडिएका अन्य व्यक्तिहरुको बैंक अकाउन्टबाट शेयर कारोबार गरेको सेबीको ठहर छ।

Esewa
Crest

सार्वजनिक रुपमा प्रसारित हुनुअघि नै पण्डयाले कम्पनीहरुको गोप्य सूचना चुहाउने गरेको सेबीको अनुसन्धानबाट पत्ता लागेको थियो। यस्ता किसिमका गतिविधिले व्यक्तिगत फाइदालाई बढावा दिन मद्दत पुगेको सेबीको भनाइ छ। सेबीले यसलाई क्लासिकल फ्रन्ट–रनिङ केस भनेको छ।

यस किसिमको गतिविधिले नैतिकताको मानकहरु उल्लंघन गरेको सेबीले जनाएको छ। ‘यसले शेयर बजारको डायनमिक्समा असार पार्छ’, सेबीले भनेको छ, ‘यसबाट केही मानिसलाई अनुचित लाभ पुग्छ। यस्तो अवस्थामा बजारप्रति अन्य लगानीकर्ताको विश्वास गुम्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS