IME Life New

टीभीएस अपाचेले “एक्सचेन्ज मेनिया “ घोषणा गर्दै १ लाख सेलिब्रेशन डे मनाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा अग्रणी टीभीएस अपाचेले बाइक पारखीहरूका लागि “१ लाख सेलिब्रेशन डे“का रुपमा रोमाञ्चक कार्यक्रम “एक्सचेन्ज मेनिया“ को आयोजना गर्ने घोषणा गरेको छ । यूएन पार्क मा आयोजना गरिने यस विशेष कार्यक्रमले राइडरहरू र परफर्मेन्स बाइकिङका प्रशंसकहरूलाई अद्वितीय अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ ।

कार्यक्रममा रोमाञ्चक खेलकुद गतिविधिहरू र प्रतियोगिताहरू समावेश गरिनेछन् । जस अन्तर्गत सहभागीहरुले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्जहरू, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शोहरू र इनफ्लुएन्सर मिटअप्सका साथै, रोमाञ्चक गिफ्ट ह्याम्परहरू र थप आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् । यो विशेष इभेन्ट मार्फत इनफ्लुएन्सरहरू, भ्लगरहरू, र अपाचे प्रेमीहरू एकै ठाउँमा भेला भई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ ।

Esewa
Crest

कार्यक्रमलाई थप रोमाञ्चक बनाउन, उच्च–स्तरीय स्टण्ट शो को प्रदर्शन हुनेछ जसमा हिद्देन एक्सनका प्रो स्टन्ट राइडरले आफ्नो स्टन्ट प्रस्तूत गर्नेछन । यसले टीभीएस अपाचेको शक्ति र क्षमताको प्रदर्शन हुनेछ ।

बाइक अपग्रेड गर्ने सुनौलो अवसर!
फाल्गुन २३ देखि २६ सम्म आयोजना गरिने टीभीएस अपाचे “एक्सचेन्ज मेनिया“ बाइक प्रेमीहरूले आफ्नो पुरानो बाइक नयाँ टीभीएस अपाचेका मोडेलसँग साट्नका लागि एक सुनौलो अवसर हो । यस कार्यक्रम अन्तर्गत ग्राहकहरूले २ वर्ष निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल, र सर्भिसको मज्जा लिनुका साथै, रु. ३१,००० सम्म बचत गर्ने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

साथै, कार्यक्रम मार्फत एक्सचेन्ज मूल्याङ्कनमा रु. १०,००० सम्मको मुल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजना लगायत सुविधापनि उपलब्ध हुनेछ । यस अन्तर्गत ग्राहकले ७.९९% ब्याजदरमा १८ महिने किस्ताबन्दी मा बाइक खरिद गर्ने अवसर प्राप्त गर्नेछन् । साथै, कार्यक्रममा नयाँ अपाचे खरिदकर्ताहरूलाई निःशुल्क एक्सेसरीजको ब्यवस्था पनि रहेको छ ।

नेपालमा आफ्नो प्रभावशाली उपस्थितिलाई थप बलियो बनाउँदै, टीभीएस अपाचेले १ लाख सेलिब्रेशन डेका रुपमा समेत कार्यक्रमको भव्य आयोजन गर्दैछ । नेपालभर १ लाखभन्दा बढी अपाचे राइडरहरू रहेको उत्सव, अपाचे कम्युनिटीलाई समर्पित गरिने कम्पनीले जानकारी दिएको छ ।

यस कार्यक्रमको आयोजक नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक, शंकर ग्रुपको जगदम्बा मोटर्स हो । लाइफटाइम वारेन्टी कभरेज र डेडिकेटेड एक्सपेरियन्स जोन सहित, टीभीएस अपाचेले नेपालमा बाइकिङको परिभाषा नै परिवर्तन गरिरहेको छ ।

नेपालको सबैभन्दा रोमाञ्चक बाइकिङ अनुभवको हिस्सा बन्न नछुटाउन कम्पनीले सबैलाई आग्रह गरेको छ । थप जानकारीका लागि नजिकको टीभीएस शोरूममा सम्पर्क गर्नुहोस् वा टीभीएस नेपालका आधिकारिक सामाजिक सञ्जालहरू फलो गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS