IME Life New

टायर पड्किनु दैवीक प्रकाेप हाेइन भन्दै मुम्बई अदालतले रु २ कराेड क्षतिपूर्ती दिलायाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । भारतकाे मुम्बई उच्च अदालतले १३ वर्ष पुरानाे कार दुर्घटनाकाे क्षतिपूर्ती दाबी सम्बन्धमा हालै एक महत्वपूर्ण फैसला सुनाएकाे छ। कार दुर्घटनामा ज्यान गुमाएका बीमित ३८ वर्षिय मकरन्द पटवर्धनकाे परिवारलाई ९ प्रतिशत ब्याज हर्जाना सहित भारु १ कराेड २५ लाख (२ कराेड नेपाली रुपैयाँ) भुक्तानी गर्ने दाबी न्यायाधीकरणकाे आदेश सदर गर्दै बीमक न्यू इण्डिया एस्याेरेन्सलाई उच्च अदालतल मुम्बईले निर्देशन दिएकाे छ।

अक्टोबर २५, २०१० मा भएकाे कार दुर्घटनामा बीमित पटवर्धनकाे निधन भएकाे थियाे । टाइम्स अफ इन्डियाले रिपोर्ट गरेअनुसार “बीमित मकरन्द पटवर्धन आफ्ना दुई सहकर्मीसँग एक कार्यक्रममा सहभागी हुन पुणेबाट मुम्बई जाँदै थिए। कारको मालिक रहेका उनका सहकर्मीले अनियन्त्रित गतिमा हतार र लापरवाहीका साथ कार चलाउँदै गर्दा पछाडिको टायर पड्केर कार गहिरो खाडलमा खस्याे र पटवर्धनको घटनास्थलमै मृत्यु भयाे ।

Esewa
Crest

बीमितकाे परिवारले बीमा कम्पनीसँग क्षतिपूर्ती माग्दै निवेदन दि‌ंदा बीमा कम्पनीले क्षतिपूर्ती दिन अस्वीकार गर्याे । त्यसपछि याे मुद्दा भारतीय मोटर दुर्घटना दाबी न्यायाधिकरण, पुणेमा पुग्याे । न्यायाधिकरणले बीमा कम्पनी न्यू इण्डिया एस्याेरेन्सलाई मकरन्द पटवर्धनको परिवारलाई ९% ब्याजसहित करिब १.२५ करोड रुपैयाँ तिर्न आदेश दिएको थियो। न्यायाधिकरणकाे आदेश न्यायाेचित नभएकाे भन्दै जुन ७, २०१६ को आदेशलाई बीमा कम्पनीले मुम्बई उच्च अदालतमा चुनौती चुनाैती दियाे । मुद्दाकाे फैसला उल्टाउन माग गरेकाे निवेदनमा बीमा कम्पनीले कारकाे ”टायर पड्कनु  चालकको लापरवाहीको नतिजा नभई दैवीक कार्य” भएकाे जिकीर गर्दै बीमितकाे परिवारकाे दाबी नलाग्ने जिकीर गर्याे ।

मुम्बई उच्च अदालतका न्यायाधीश एस जी डिगेले फैसलामा टिप्पणी गरेका छन् कि ‘दैवीक कार्य’ को शब्दकोशको अर्थ ‘प्राकृतिक शक्तिकाे अनियन्त्रित प्रभाव हाे’। “यसले गम्भीर अप्रत्याशित प्राकृतिक घटनालाई जनाउँछ, जसको लागि कुनै मानव जिम्मेवार छैन। टायर पड्कनुलाई दैवीक कार्य भन्न सकिँदैन। यो मानवीय लापरवाहीको कार्य हो”।

पटवर्धन आफ्नाे परिवारको एकमात्र आय आर्जन गर्ने व्यक्ति थिए। उनकाे असायमीक निधनपछि श्रीमती (३४), छोरी (७), बुबा (७०) र आमा (६५) सहाराबिहीन हुन पुगे।  उनी एक निजी कम्पनीमा सहायक प्रबन्धक थिए र उनको मृत्युको समयमा करिब भारु ६९,००० तलब थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS