IME Life New

टाटा समूहको अर्को ‘रतन’ को ? ३८०० करोडको साम्राज्यको उत्तराधिकारी बन्ने दौडमा को-को छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टाटा समूहका पूर्वअध्यक्ष रतन टाटा अब यो संसारमा छैनन्। उनको हिजो ८६ वर्षको उमेरमा निधन भएको छ। उनी भारतमा व्यापार र सामाजिक सेवा दुवैको उदाहरण हुन्।

कुल ३८०० करोडको सम्पत्तिका साथ रतन टाटाले समूहलाई दशकौँसम्म विकासका लागि नेतृत्व गरेका छन्। आफ्नो अपार सम्पत्तिको बाबजुद उनी आफ्नो सरल जीवनशैली र टाटा ट्रस्टहरुमार्फत परोपकारी कार्यमा गहिरो प्रतिबद्धताका लागि परिचित थिए।

Esewa
Crest

सन्तान नभएका रतन टाटाको उत्तराधिकारी अड्कलको विषय बनेको छ। ३८०० करोड रुपैयाँको विशाल टाटा समूहको जिम्मा कसले लिने भन्ने प्रश्न उठिरहेको छ।

रतन टाटाका सम्भावित उत्तराधिकारीहरुध्ये नोएल टाटा बलियो दाबेदारको रूपमा देखा पर्छन्। नेवल टाटाकी दोस्रो पत्नी सिमोनबाट जन्मेका नोएल टाटा रतन टाटाका सौतेनी भाइ हुन्। यो पारिवारिक बन्धनले नोएल टाटालाई टाटा विरासत प्राप्त गर्नका लागि प्रमुख स्थानमा राख्छ।

नोएल टाटाका तीन सन्तान छन्। उनीहरुलाई टाटा विरासतको सम्भावित उत्तराधिकारीका रुपमा हेरिन्छ। यसमा माया टाटा, नेभिल टाटा र लिया टाटा पर्छन्।

३४ वर्षीया मायाले टाटा समूहमा उल्लेखनीय प्रगति गरिरहेकी छन्। बेइज बिजनेस स्कुल र युनिभर्सिटी अफ वारविकमा पढेकी मायाले टाटा अपरच्युनिटिज फन्ड र टाटा डिजिटलमा प्रमुख भूमिका निर्वाह गरेकी छन्। टाटाको नयाँ एप सुरु गर्नमा उनको महत्वपूर्ण भूमिका थियो। यसले उनको रणनीतिक कुशाग्रता र दूरदृष्टि देखाउँछ।

३२ वर्षीय नेभिल टाटा पारिवारिक व्यवसायमा गहिरो रुपमा संलग्न छन्। उनको विवाह टोयोटा किर्लोस्कर समूह परिवारकी मानसी किर्लोस्करसँग भएको हो। स्टार बजार नेभिल ट्रेन्ट लिमिटेडअन्तर्गत प्रमुख हाइपरमार्केट चेनको प्रमुख हो।

३९ वर्षीया लिया टाटा जेठी हुन्। उनले आतिथ्य क्षेत्रमा आफ्नो विशेषज्ञता टाटा समूहमा ल्याइन्। स्पेनको आईई बिजनेस स्कुलमा अध्ययन गरेकी लेयाले ताज होटल्स रिसोर्ट्स एन्ड प्यालेसमा महत्वपूर्ण योगदान दिएकी छन्। उनी इन्डियन होटल कम्पनीमा सञ्चालन गर्छिन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

6%
happy

खुसी

41%
sad

दु :खी

6%
amazed

अचम्मित

24%
excited

उत्साहित

24%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS