IME Life New

टाटा मोटर्सको नयाँ शोरुम अब भक्तपुरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्राहकहरुको विशेष सेवाको लागि भक्तपुरमा नयाँ शोरुमको सुभारम्भ गरेको छ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणा तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्र द्वारा संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरेका हुन् ।

नयाँ शोरुम उद्घाटन सँगै टाटा मोटर्स्ले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन् । ग्राहकहरुलाई विक्रीपश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्य स्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन् ।

Esewa
Crest

नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणाले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकहरुलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए । साथै उक्त नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्ने समेत जानकारी गराए ।

सोही अवसरमा टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुमहरु थप्दैे लगेकोे कुरा व्यक्त गरे । उनले ग्राहकहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ शोरुमहरुको भूमिका महत्वपूर्ण हुने र यसै क्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले ग्राहकहरुलाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवाप्रदान गर्ने कुरामा आपूmहरु विश्वस्त भएको कुरा समेत जानकारी गराए ।

उनले अब नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरु सहित सुविधा सम्पन्न विद्युतीय तथा आईस सेग्मेन्टका गाडीहरु सुलभ रुपमा ग्राहकहरु सम्म पहुच हुने कुरा समेत व्यक्त गरे । ग्राहकहरुको पूर्ण सेवा र सन्तुष्टिका लागि टाटा मोटर्सले उनीहरुको चाहना एवं माग अनुरुप कार्य गर्न सदा तत्पर छ । निकट भविष्यमा पनि विभिन्न ब्राण्डहरु सहित ग्राहकहरुलाई विशेष अनुभूति प्रदान गरि उच्चस्तरीय सेवाका लागि टाटा मोटर्स् सदा प्रतिबद्ध रहेको कुरा सिप्रदी टेड्रिङ्ग प्रा.लि. ले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS