IME Life New

टर्कीको ‘योगी फूल’ सामाजिक सञ्जालमा भाइरल, के हो वास्तविकता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टर्कीको एउटा फूलको तस्बिरले यतिबेला मानिसहरुको ध्यान आकर्षित गरिरहेको छ। यो तस्बिर सामाजिक सञ्जालमा व्यापक रुपमा शेयर भइरहेको छ। यसलाई ‘योगी फूल’ भनिएको छ।

वास्तवमा यो फूलको संरचना यस्तो छ कि कोही योग मुद्रा अर्थात् पद्मासनमा बसेको छ। यस्तो अवस्थामा यो तस्बिर शेयर गर्दै यो दुर्लभ फूल टर्कीको दक्षिणपूर्वी सानल इरफा प्रान्त नजिक रहेको हाल्फेती गाउँमा मात्रै पाइन्छ भनिएको छ।

Esewa
Crest

हाल्फेटी गाउँको माटोको अद्वितीय गुण र एन्थोसायनिन पिग्मेन्टका कारण यो फूल गर्मीमा कालो र अन्य मौसममा गाढा रातो देखिने गरेको दाबी गरिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले योगी फूल फुल्ने विश्वको एकमात्र ठाउँ टर्की भएको दाबी गरिरहेका छन्। तर, यी दाबीहरुमा पूर्ण सत्यता छैन।

यो फूललाई लिएर सामाजिक प्रयोगकर्ताहरुले विभिन्न दाबी गरेका छन्। एउटा दाबीले उनीहरुलाई युफ्रेटिसको पानीले खुवाइन्छ भनी बताउँछ। यो फूल उत्पादन गर्ने माटोका बारेमा भनिएको छ कि माटोको गुणले गर्दा फूलको रङ परिवर्तन हुन्छ। यो फूलको तस्बिरलाई लिएर धेरै दाबी गरिएको छ तर यसको सत्यता अर्कै छ। ‘फ्याक्टली’ समाचार संस्थाले प्राकृतिक योगी फूलबारे गरिएको दाबीबारे छानबिन गरेको छ।

भाइरल तस्बिर एआई प्रविधिको सहयोगमा बनाइएको अनुसन्धानले देखाएको छ। टर्कीमा ‘योगी फ्लावर’ नामको फूल फल्दैन। छानबिन प्रतिवेदनले यो तस्बिर ९९.९ प्रतिशत एआई–जेनरेट हुन सक्ने खुलासा गरेको छ। एकातिर यो तस्बिर नक्कली भएको पाइएको छ भने अर्कोतर्फ टर्कीको हाल्फेतीमा ‘योगी फ्लावर’ नामको फूल फुलेको पुष्टि गर्ने कुनै प्रमाण फेला परेन।

योगी फूलबारे गरिएको दाबी सत्य होइन तर टर्कीको हाल्फेतीमा ‘कारा गुल’ भनेर चिनिने गुलाफजस्तो सुन्दर फूल फुल्छ। यी गुलाब गहिरो वाइन–रातो रङको फूल्छन् र कोपिलाहरु गर्मीमा कालो देखिन्छन्। एक रिपोर्टमा भनिएको छ, ‘तिनीहरुलाई विशिष्ट पीएच स्तर चाहिन्छ। जसका कारण गर्मीमा कालो हुने र अन्य मौसममा रङ परिवर्तन हुन्छ।’

स्थानीयले उक्त गुलाफ खेती गर्ने गरेका छन् भने पर्यटक पनि हेर्न हाल्फेटी जाने गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS