IME Life New

टर्कीकाे भूकम्पमा ज्यान गुमाउनेकाे संख्या २२ हजार नाघ्याे,रु‍. ५ खर्ब भन्दा बढी क्षतिकाे अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै । मध्यपूर्वी मुलुक टर्की र सिरियामा गत सोमबारको शक्तिशाली भूकम्पपछि मृत्यु हुने सर्वसाधारणकाे स‌ंख्या २२ हजार नाघेकाे छ । अमेरिकी समाचार एजेन्सी सिएनएनका अनुसार शुक्रबारसम्ममा मृतककाे संख्या २२ हजार नाघेकाे हाे । घाइतेहरुकाे स‌ंख्याे याे भन्दा पनि बढी छ ।

आपतकालीन स्वास्थ्य उपचार पूर्वाधार र जनशक्ति अपर्याप्त भएकाले घाइतेहरु समयमै उपचार पाउन नसक्दा अकालमै ज्यान गुमाउन बाध्य छन् । गत साेमबार टर्की र सिरियामा ७.८ रेक्टर स्केलकाे शक्तिशाली भुकम्प जाँदा गगनचुम्बी भवनहरु ध्वस्त भएर भग्नावशेसमा परिणत भएकाे छ । भग्नावशेषहरुबाट घाइतेहरुकाे उद्धार कार्य अझै पनि जारी रहेकाे छ ।

Esewa
Crest

विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकले उत्तरपश्चिमी सिरियाको अवस्थालाई “विपत्तिको शीर्षमा विपत्ति” भनेर टिप्पणी गरेकाे सिएनएनले उल्लेख गरेकाे छ।
विश्व स्वास्थ्य संगठनले भने कि बचेकाहरू, जसमध्ये धेरै घरबारविहीन छन्, चिसो र हिमपातका कारण “एक द्वितीयक प्रकोप” को सामना गर्नुपर्ने अवस्था हुन सक्ने संभावना ‍औंल्याउँदै “खराब र विनाशकारी स्थिति” निम्त्याउन सक्ने चेतावनी दिएकाे छ।

संयुक्त राष्ट्र संघले भूकम्प प्रभावित क्षेत्रमा राहतका लागी सहयाेग गर्न विश्व समुदायसँग आग्रह गरेकाे छ ।

यसैबीच गुणस्तरिय निर्माण सामाग्री र प्रविधिकाे प्रयाेगका कारण गगनचुम्बी भवनहरु भत्किएकाे आराेप लागेपछि सरकारले भूकम्प प्रभावित क्षेत्रकाे भवन निर्माताहरुबारे छानबिन शुरु गरेकाे छ। टर्कीका न्याय मन्त्री बेकिर बोजडागले शुक्रबार भूकम्पबाट प्रभावित क्षेत्रहरूमा निर्माणकर्ताविरुद्ध न्यायीक अनुसन्धान शुरु गरिएको जानकारी दिएकाे सरकारी स‌ंचारमाध्यम अनादोलुले उल्लेख गरेकाे छ।

ग्लाेबलरिइन्स्याेरेन्स डटकमका अनुसार अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता फिच रेटिङले टर्की र सिरियामा भएकाे विनाशकारी भूकम्पकाे वित्तीय नाेक्सानी ४ अर्ब अमेरिकी डलर( शुक्रबारकाे सटही दर अनुसार ५ खर्ब २८ अर्ब नेपाली रुपैयाँ) नाघ्ने अनुमान गरेकाे छ। याे मध्ये १ अर्ब अमेरिकी डलर बराबरकाे नाेक्सानीवापतकाे दाबी अन्तर्राष्ट्रिय पूनर्बीमा कम्पनीले व्यहाेर्नुपर्ने फिचले उल्लेख गरेकाे छ ।

फिचले दाबी याेग्य क्षतिकाे अनुमान गर्न कठिन भएपनि २ अर्ब अमेरिकी डलर भन्दा बढी हुनसक्ने संभावना ‌‍औंल्याएकाे छ।

टर्कीमा बीमा कम्पनीहरूले भूकम्पका कारण हुने शहरी आवासीय भवनकाे क्षति व्यहाेर्नका लागी सन् १९९९ मा प्रकाेप बीमा पुल स्थापना गरेपनि यसले मानवीय जीवन क्षति वा अन्य दायीत्वविरुद्ध जाेखिम बहन गर्दैन।

प्रतीकात्मक तस्वीर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS