IME Life New

झिसमिसेमै भक्तपुरको बालकोटमा आगोलागी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतबार विहान झिसमिसेमै भक्तपुरको बालकोटमा आगोलागी भएको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आइतबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ । भोजपुरकी सरिता चौलागाईंले सञ्चालन गरेको कपास उद्योगमा बिहान ५ बजे आगो लागेको हो । दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।

आगलागीबाट कारखानामा रहेका कपाडा, कपडा पेलेर बनाइएको कालो कपास, मेसिन औजार र अन्य सामान जलेर नष्ट भएका छन् । आगोलागीबाट २५ लाखभन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त क्षतिको बीमा दावी पर्छ वा पर्दैन खुल्न सकेको छैन । अर्थात सञ्चालिका चौलागाईले बीमा गरेकी छिन् वा छैनन् भन्ने पत्ता लाग्न बाँकी छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS