IME Life New

ज्योती लाईफले डाँक्यो विशेष साधारण सभा, मर्जर र पूँजी वृद्धि मुख्य एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सूर्या लाईफसँग मर्जरको सम्झौता गरेको ज्योती लाईफ इन्स्योरेन्सले साउन २४ गते विशेष साधारण सभा आह्वान गरेको छ। संचालक समितिको साउन ५ गतेको बैठकले विशेष साधारण सभा आह्वान गरेको हो।

विशेष साधारण सभामा मर्जर समितिबाट तयार पारिएको सम्झौताको मस्यौदा अनुमोदन गर्ने, मर्जरका लागि संचालक समिति र मर्जर समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने र मर्जरको लागि सम्पत्ति तथा दायीत्वको मूल्याङ्कन (डिडिए) नियुक्त गर्ने अख्तियारी प्रदान गर्ने एजेण्डा पेश गरिदैंछ।

Esewa
Crest

साथै कम्पनीले हाल कायम रहेको शेयर संरचनालाई समेत परिवर्तन गर्ने प्रस्ताव साधारण सभाबाट अनुमोदनको लागि पेश गर्दैछ। हाल कायम ७०:३० को शेयर स्वामित्व संरचनालाई ५१:४९ मा झार्ने प्रस्ताव गरिएको छ। अर्थात् संस्थापक चुक्ता पूँजीको १९ प्रतिशत शेयर संस्थापकबाट साधारण शेयरमा रुपान्तरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS