IME Life New

ज्योति लाइफको प्राथमिक शेयरमा १० लाख ७० हजारको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा हालसम्म १० लाख ७० हजार जनाको आवेदन परेको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार हालसम्म २३ लाख २५ हजार कित्ताको लागि आवदेन परेको छ।

कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारण समुह तर्फको ६६ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेको थियो। कम्पनीले आफ्नो जारी पूँजी दुई अर्ब २० करोडको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको प्रति शेयर एक सय रुपैयाँ अंकित दरका ६६ लाख कित्ता निष्काशन गरिरहेको छ।

Esewa
Crest

कम्पनीले सर्वसाधारण समुह तर्फको ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ३,३०,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५९,४०,००० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ ।

कम्पनीको प्राथमिक शेयर न्युनतम १० कित्ताका दरले ५ लाख ९४ हजारले शेयर पाउन सक्छन्। तर अहिलेसम्ममा १० लाख ७० हजारले आवदेन दिसकेकाले आवेदन दिन बाँकी लगानीकर्ताले १० कित्ताको लागि मात्रै आवदेन दिए पुग्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS