IME Life New

ज्योति विकास बैंकले बीमा पोलिसी धितो राखेर कर्जा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ज्योति विकास बैंकले बीमा पोलिसी खरिद गरेकै भोलिपल्ट कर्जा दिने स्किम ल्याएको छ। बैंकले सरेण्डर भ्यालुको ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सहायक महाप्रवन्धक रामहरी आचार्यले जानकारी दिए। बीमितिले आवधिक र अधिविकर्ष ‘ओडि’ दुबै प्रकृतिका कर्जा प्राप्त गर्न सक्ने छन्। अधिविकर्ष कर्जा लिएमा हरेक वर्ष नविकरण गर्नु पर्ने हुन्छ। आवधिक कर्जाको हकमा भने १० वर्षसम्मका लागि प्राप्त हुने बैंकले जनाएको छ।

यदि बीमितले एक लाख रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको छ भने उसले बैंकबाट लगभग ६० देखि ७० हजार रुपैयाँ बराबरको कर्जा प्राप्त गर्न सक्ने आचार्यले बताए। बैंकले बीमितलाई प्रचलित आधार व्याजदरमा २ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा उपलब्ध गराउन सक्ने छ। यसमा थप ०.५ प्रतिशत सेवा शुल्क भुक्तानी गर्नु पर्छ।

Esewa
Crest

बीमा कम्पनीहरुले पोलिसी खरिद गरेर दोस्रो वर्षको बीमा शुल्क तिरेपछि मात्रै कर्जा उपलब्ध गराउछन्। तर बैंकले पोलिसी खरिद गरेको भोलिपल्टै यस्तो कर्जा दिने छ। बीमा कम्पनीले दुई वर्ष नभइ कर्जा नदिने भएकाले बैंकमा बीमितको आकर्षण बढ्ने आचार्यले दाबी गरे।

बैंकले पहिलो पटक पोलिसी नै बनाएर यस्तो कर्जाको स्किम ल्याएको हो। सामान्यतया अन्य बैंकहरुले पनि बीमालेख धितो राखेर कर्जा प्रदान गर्दै आएका छन्। यो स्किममा १९ वटै जीवन बीमा कम्पनीबाट पोलिसी खरिद गरेकाले कर्जा प्राप्त गर्न सक्ने छन्। बीमितले पाउने अधिकतम कर्जाको मूल्याङ्कन सम्बन्धित बीमा कम्पनीले नै उपलब्ध गराउने आचार्यले बताए। सरेण्डर भ्यालुको मूल्याङ्कन बैक आफैले गर्न नसक्ने भएकाले सम्बन्धित कम्पनीको सहयोग लिने भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS