IME Life New

ज्योति विकास बैंकद्वारा डिजिटल बैंकिङ्ग सेवाको सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजर jyotismart.jbbl.com.np का माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुचारु गरेको हो ।

बैंकले यहि मिति २०७८ साल मंसिर ५ गते देखि डिजिटल बैंकिङ सेवालाई लाई थप प्रर्वद्धन गर्दै बैकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड गरेको हो ।

Esewa
Crest

ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड भएसंगै बैंकका ग्राहकहरुले बैंकका विभिन्न सेवाहरु सम्बन्धि जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एप बाटै तोक्ने, Self-Account Link अनलाईन रकम भुक्तानीका साथै डिजिटल बैंकिङ्ग सम्बन्धी समस्या परेमा उजुरी दिने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ्ग एप र वेब ब्राउजबाट उठाउन सक्नेछन्। त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले Self Register गरि बैंकले प्रदान गरिरहेका विभिन्न सेवाहरु तथा डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी जानकारी पाउन सक्नेछन् ।

यस सुविधा नयाँ प्रयोगकर्ता हरुले Playstore अथवा Playstore बाट App लाई डाउनलोड गरि र पुराना प्रयोगकर्ताहरुले App लाई Updat गरि नयाँ सेवाहरूको लाभ लिन सक्नेछन्। बैंकले यस स्तरोन्नत्तीसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास लिएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS