IME Life New

ज्योति विकास बैंकद्वारा विद्यालयलाई दुई थान इन्टरेक्टिभ बोर्ड प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ज्योति विकास बैंक अन्तर्गतको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ । कार्यक्रममा संस्थाका संयोजक सुरेन्द्रबहादुर नेपालीले विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

अन्तरक्रियात्मक सिकाइ विधिमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीमा सूचना प्रविधि सम्बन्धी शीप तथा धारणाको विकासका लागि सहयोग पुर्‍याउन उक्त सहयोग गरिएको बताइएको छ ।

Esewa
Crest

कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य नरेशराज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोल लगायत बैंकका कर्मचारी, विद्यालयका कर्मचारी तथा विद्यार्थीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS