IME Life New

ज्योति विकास बैंकको साधारण सभा पुस २३ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो वार्षिक साधारण सभा पुस २३ गते शुक्रबार गर्ने भएको छ । सभा नक्साल स्थित लिसारा रिसेप्सनमा गर्ने बैंकले जनाएको छ ।

सभामा बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम हुने चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ४ दशमव ५ प्रतिशत नगद लाभांश गरि कुल १५ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । लेखापरीक्षकको प्रतिवेदन सहितको ज्योति विकास बैंकको २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने।

सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । हालको लेखा परिक्षक टिआरउपाध्याय एण्ड कम्पनी पुनः नियुक्तिको लागि योग्य रहेको प्रस्ताव पारित गर्नेछ ।

सभाले यस विकास बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्तिगर्ने सन्दर्भमा समझदारीपत्र तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन ९म्गभ गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत गाभ्ने वा प्राप्ति सम्बन्धमा प्रचलित कानून बमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

सभाले उपरोक्त उल्लिखित विषयहरुका सम्बन्धमा विकास बैंकको प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकायबाट संशोधन, परिवर्तन वा थप घट गर्न सझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप घट सहित आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS