IME Life New

ज्योति विकास बैंकको नयाँ शाखा बेसीशहरमा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले २०७९ साल असार १२ गते बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो।

बेसीशहर नगरपालिका वडा नं ८, लम्जुङ्ग स्थित बेसीशहर शाखाको समुद्घाटन बेसीशहर नगरपालिकाका मेयर श्री गुमान सिंह अर्याल र बैंकका संचालक नरेश राज आचार्यले संयुक्त रुपमा गरे ।

Esewa
Crest

उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

बैंकले बेसीशहर शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS