IME Life New

ज्योति विकास बैंकको खुद नाफा घट्यो, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९ दशमलव २५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

Esewa
Crest

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ दशमलव ७७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४ दशमलव ६५ प्रतिशत बढेको छ। त्यसैगरी, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ०.१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४९.२५ प्रतिशत घटेको छ। बैंकको निष्क्रिय कर्जा २.५ प्रतिशतबाट बढेर ३.७५ प्रतिशत पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १३ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ११ रुपैयाँ ९७ पैसा ऋणात्मक रहेको छ। ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ८७ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप १ दशमलव १० प्रतिशत बढेको छ भने कर्जा ० दशमलव १४ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ७६ पैसा घटेर ४ रुपैयाँ ६२ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६१ दशमलव ४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७० पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS