IME Life New

ज्योति लाईफ इन्स्योरेन्सको एजेन्सी अवार्ड्स नाईट सम्पन्न, ज्योति थ्री–२० धनबहार शुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आ.व. २०७५/७६ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुको प्रोत्साहन र सम्मान स्वरुप एजेन्सी अवार्डस् नाईट दोस्रो संस्करण सम्पन्न गरेको छ ।

दरबारमार्ग काठमाण्डौ स्थित होटल अन्नपुर्णमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर तथा नेपाली सिने जगतका महानायक  राजेश हमाल, कम्पनी संचालक समितिका पदाधिकारी, कम्पनीका कर्मचारीहरु तथा उत्कृष्ट व्यवसाय प्रदान गर्ने देशभरका ३ सय भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष नन्द किशोर शर्मा, ब्राण्ड एम्बेसडर राजेश हमाल, संचालक जयन्त कुमार अग्रवाल, कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीद्वारा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाइ सम्मान पत्र तथा विभिन्न विधाका अवार्डहरु हस्तान्तरण गरे ।

कार्यक्रममा कम्पनीले “ज्योति थ्री–२० धन बहार” नयाँ जीवन बीमा योजना को औपचारिक रुपमा शुभारम्भ गरेको छ । उक्त बीमा योजना अन्तर्गत १२, १५, १८ र २१ वर्ष अवधिको लािग बीमा योजना खरिद गर्न सकिनेछ ।

बीमितले बीमा अवधि भित्र तीन पटक बिमाङ्क रकमको एक तिहाईका दरले रकम फिर्ता प्राप्त गर्नुका साथै बीमा अवधि पश्चात बोनस रकम र अवधि समाप्ति पश्चात २० वर्ष सम्म प्रत्येक वर्ष बीमाङ्कको पाँच प्रतिशतका दरले वार्षिक रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन्

जसबाट योजना अवधिभरमा र योजना अवधि पश्चात समेत २० वर्ष सम्म जोखिम बहन तथा नियमित धनबहार सुनिश्चत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS