IME Life New

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा नयाँ रेकर्ड, १८ लाख भन्दा धेरैको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा अहिलेसम्मकै सर्वाधिक आवेदन परेको छ। कम्पनीले आजसम्म निष्काशन गरेको प्राथमिक शेयरमा १८ लाख ४ हजार भन्दा धेरैले आवेदन दिएका छन्।

कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा १८ लाख ४ हजार ६ सय ४८ जनाबाट ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ताको लागि  आवेदन दिएका हुन्। लगानीकर्ताले मागे भन्दा ६.४० गुणा बढिको आवेदन दिएका छन्। कम्पनीले मेरो शेयरको लोड व्यवस्थापनका लागि निर्धारित समय भन्दा दुई दिन अगाडि नै निष्काशन गरेको थियो।

Esewa
Crest

कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ।

बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन  दिएका छन्। आईपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS