IME Life New

ज्योति लाइफको प्रिअलटमेन्ट आज, शुक्रवार बाँडफाँड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर आज ‘प्रि अलटमेन्ट’ हुने भएको छ । कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सम्पुर्ण प्रकृयाँ पुरा भएकाले आज अपरान्ह ४ बजे प्रि अलटमेन्टको तयारी गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयरमा ५ लाख ९४ हजारले १० कित्ताका दरले शेयर प्राप्त गर्ने छन् ।

Esewa
Crest

कम्पनीको प्राथमिक शेयरमा १८ लाख ४ हजार ६४८ जनाले तीन करोड ८० लाख ५७ हजार कित्ताको लागि आवेदन दिएका छन् । योग्य आवेदकको सूचि भने अझै तयारी हुन बाँकी छ । कतिपयले दोहोरो आवेदन दिएकोले प्रिअलटमेन्टमा समस्या भैरहेको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । एउटै व्यक्तिले दुई वा सो भन्दा बढि डिम्याट खाता खोलेर प्राथमिक शेयरमा आवेदन दिदा समस्या भैरहेको छ ।

सर्वसाधारण समुह तर्फको ६६ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात तीन लाख ३० हजार कित्ता कर्मचारी र त्यति नै कित्ता सामुहिक लगानी कोष ‘म्युचुअल फण्ड’ लाई बाँडफाँड हुने छ । उनिहरुका लागि सुरक्षित गरिएको सम्पुर्ण कित्ताको लागि आवेदन परिसकेको छ ।

कम्पनीले फागुन २१ गतेदेखी २६ गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो । बिक्री प्रवन्धक एनएमबी क्यापिटलले चैत ६ गते नै बाँडफाँड गर्ने तयारी गरेता पनि सिडिएससीले एक हप्ता पछाडि सार्न निर्देशन दिएको थियो ।

चैत ६ गतेदेखि सिंगटी हाइड्रोको प्राथमिक शेयर निष्काशन भैरहेको छ । प्राथमिक शेयर निष्काशन र बाँडफाँड एकैदिन हुँदा मेरो शेयरको लोड व्यवस्थापन गर्न नसकिने भन्दै सिडिएससीले एक हप्ता पछाडि सार्न अनुरोध गरेको थियो ।

सिडिएससीले मेरो शेयर बाहेक आइपिओ रिजल्ट डट सिडिएससी डट कम डट एनपि (https://iporesult.cdsc.com.np) बाट हेर्ने व्यवस्था मिलाएको छ । लगानीकर्ताहरुले यस अगाडि मेरो शेयरबाटै प्राथमिक शेयरको नजिजा हेर्ने बानी परेकाले नयाँ साइटमा नगइ मेरो शेयर नै प्रयोग गर्दा ह्याङ हुने भन्दै अहिलेका लागि एकै पटक दुई वटा इस्यु नगर्ने सिडिएससीले जनाएको छ ।

प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । जसमा संस्थापक समुहको ७० प्रतिशत र सर्वसाधारण समुहको ३० प्रतिशत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS