IME Life New

ज्योति लाइफको जीवन बीमा कोष शत प्रतिशतले वृद्धि, बीमितहरुलाई सकारात्मक प्रभाव पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छोटो समयमा नेपाली जीवन बीमा बजारमा फरक पहिचान बनाउन सफल ज्योति लाइफ इन्स्योरेन्स आधारभूत र व्यापारको हिसाबले आकर्षक प्रगति गर्दै छ। जीवन बीमा कम्पनीहरुको महत्वपूर्ण सूचकको रुपमा लगिने  जीवन बीमा कोषमा १०१ प्रतिशतले वृद्धि भएर रु. ४ अर्ब ५५ करोड कायम गर्न कम्पनी सफल भएकोे देखिन्छ । जीवन बीमा कोषको कारणले बीमितहरुले पाउने बोनसदरमा समेत सकारात्मक प्रभाव पर्ने गर्छ ।

कम्पनीले प्रकाशित चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यस आ.व.को पहिलो त्रैमासमा कुल बीमा शुल्कमा ५० प्रतिशतले वृद्धि भएर ८१ करोड ७८ लाख आर्जन गरी कुल लगानी रकममा ८२ प्रतिशत ले वृद्धि गरेको छ भने खुद नाफामा २८ प्रतिशतले वृद्धि गर्दै ९ करोड २२ लाख नाफा गर्न सफल भएको छ ।

आईपोमार्फत पुँजी वृद्धि गरेको कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रहेको छ भने कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशतले वृद्धि भएर ६६ करोड १० लाख कायम हुन गएको देखिन्छ । प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर आम्दानी १६ दशमलव ०४ र प्रति शेयर नेट्वर्थ १३३ दशमलव ६१ रहेको छ।

Esewa
Crest

कम्पनीका अनुसार सर्वाधिक संख्यामा घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको  छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS