IME Life New

जुरिचले किन्यो कोटक जनरल इन्स्योरेन्सको ७०% हिस्सा, यो क्षेत्रकै हालसम्मको ठूलो एफडीआई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जुरिच इन्स्योरेन्स कम्पनीले कोटक जनरल इन्स्योरेन्स कम्पनी (कोटक जनरल इन्स्योरेन्स) को ७० प्रतिशत हिस्सा खरिद गरेको छ।

जुरिचले कोटक महिन्द्रा बैंकसँग कोटक महिन्द्रा जनरल इन्स्योरेन्स को ७० प्रतिशत हिस्सेदारी खरिद गरेको हो। यसका लागि जुरिचले नियमनकारी निकायहरुसँग आवश्यक सम्पूर्ण स्वीकृति लिएको छ।

Esewa
Crest

जुरिचले ६७ करोड डलरबराबरको हिस्सादारी खरिद गरेको छ। यो भारतको जनरल इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि हो। हाल भारतमा एफडीआईको सीमा ४९ प्रतिशतबाट बढाएर ७४ प्रतिशत पुर्याइएको छ। सोही कारणले जुरिचलाई कोटक जनरल इन्स्योरेन्सको ठूलो हिस्सा खरिद गर्न सहज भएको हो।

जुरिच र कोटकबीचको यो साझेदारीको मुख्य उद्देश्यले भारतको जनरल इनस्योरेन्स क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने रहेको छ। यसका लागि जुरिचले विश्वस्तरको बीमा अभ्यास र कोटकले स्थानीय बजारको जानकारी प्रयोग गर्नेछन्। यो संयुक्त पहलले नीवनतम सोच बढावा दिने, ग्राहकको विश्वास जित्ने र ग्राहकलाई नयाँ–नयाँ प्रडक्ट उपलब्ध गराउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS