IME Life New

जीवन विकास लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ४ लाख ७८ हजार ३३८ कित्ता संस्थापक शेयर लिलामीमा पुस ९ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो ।

शेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ रहेको छ । एकै ब्यक्ति वा कम्पनीले शेयर खरीदका लागि एउटा मात्र आवेदन फारम दिनुपर्ने कम्पनीले जनाएको छ । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

यस कम्पनीहरुका संस्थापकहरुको नाममा बाँडफाँड भएको संस्थापक समूहको ४ लाख ७८ हजार ३३८ कित्ता हकप्रद शेयरलाई नेपाल राष्ट्र बैंकबाट बाँडफाँडको स्वीकृति नभएकाले विद्यमान अन्य संस्थापकहरुमा नेपाल राष्ट्र बैंकद्वारा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी निर्देशन अनुसार कम्पनीले फेस भ्यालुमा विक्री गर्न लागेको हो ।

सोही कारण कम्पनीका इच्छुक विद्यमान अन्य संस्थापक शेयरधनीहरुले बिहीवार अपरान्ह ३ बजेसम्म कम्पनीको केन्द्रीय कार्यालय कटहरी, मोरङमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

प्राप्त भएका बोलपत्रहरु माघ १६ गते बिहान १० बजे एनएमबि क्यापिटलमा खाल्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS