IME Life New

जीवन बीमा व्यवसाय नविकरण बीमा शुल्कमा निर्भर, चैत महिनामा प्रथम बीमा शुल्क २ अर्ब ९८ करोड मात्रै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जीवन बीमा व्यवसाय नविकरण बीमा शुल्कमा निर्भर हुनुपरेको छ । समितिको तथ्याङकलाई हेर्दा बैंकिङ तरलता अभावको प्रभाव जीवन बीमा कम्पनीहरुको व्यवसायमा देखिएको छ । चैत महिनामा कम्पनीहरुले प्रथम बीमा शुल्कभन्दा नविकरण बीमा शुल्क बढी संकलन गरेका छन् । चैत महिनामा अधिकांश जीवन बीमा कम्पनीहरु नविकरण बीमा शुल्क आर्जनमा केन्द्रित देखिएका छन् ।

आर्थिक वर्ष २०७८ /७९ को ९ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २८ अर्ब ८९ करोड ९३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले चैत महिनामा मात्रै २ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । चैत महिनामा मात्रै यी कम्पनीहरुले ७ अर्ब २४ करोड ८ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।
चैत महिनामा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक महिनामा ४५ करोड ३९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले चैत महिनामा ३८ करोड १६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले २४ करोड ६८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

त्यसैगरी एशियन लाइफले २२ करोड ७७ लाख रुपैयाँ, स्रर्या लाइफले १९ करोड ९८ लाख रुपैयाँ, सन नेपाल लाइफले १९ करोड ८१ लाख रुपैयाँ, सिटिजन लाइफले १८ करोड ४६ लाख रुपैयाँ, ज्योति लाइफले १४ करोड ३६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १३ करोड ७३ लाख, यूनियन लाइफले १३ करोड ३१ लाख, मेट लाइफले १२ करोड ३३ लाख रुपैयाँ, प्राइम लाइफले ११ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

आइएमई लाइफले ९ करोड ७४ लाख, महालक्ष्मी लाइफले ७ करोड ३३ लाख रुपैयाँ, रिलायन्स लाइफले ६ करोड ६० लाख, प्रभु लाइफले ६ करोड ३ लाख, सानिमा लाइफले ५ करोड ८० लाख,गुराँस लाइफले ४ करोड ८४ लाख र राष्ट्रिय बीमा संस्थानले ४ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS