IME Life New

जीवन बीमा व्यवसायमा पनि तरलताको प्रभाव, बीमा शुल्कको बृद्धिदर घट्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावको नकारात्मक असर जीवन बीमा कम्पनीहरुको व्यापारमा पनि देखिन थालेको छ। तरलता अभावको कारण संभावित बीमितसँग बचत र नगद अभाव हुँदा जीवन बीमकले अपेक्षा अनुसारको व्यवसाय गर्न सकेका छैनन्। यहि हिसावले बैंकहरुमा तरलता अभाव भइरहने हो भने बीमा शुल्कको बृद्धिदर नै खुम्चिन सक्ने बीमकहरु बताउछन् ।

प्रत्येक दिनजसो बजार व्यवस्थापन विभाग प्रमुख र प्रमुख कार्यकारी अधिकृतले समेत शाखा प्रबन्धक, वरिष्ठ एजेन्सीहरुलाई प्रथम बीमाशुल्क आर्जनको लागि घचघच्याई रहनु परेको अवस्था छ। एकातर्फ बजारको हालतले जति मिहिनेत गर्दा नि उपलब्धि हासिल हुनसकेको छैन, अर्कोतर्फ व्यवस्थापनले दिनहुँजसो कचकच गरिरहेको छ, एक शाखा प्रबन्धकले गुनासो गर्दै भने, केही समय यस्तै तनाव रह्यो भने धेरैजना साथीहरु पलायन हुनुपर्ने अवस्था आउन सक्छ।

Esewa
Crest

अरुले गरेका छन् हामीले किन सकेनौं भन्ने प्रश्न बारम्बार व्यवस्थापनले तेर्स्याउँदा बीमा कम्पनीको शाखा प्रबन्धकहरुले तनाव महसुश गर्नु स्वाभाविक हो । तर अरुले कसरी व्यवसाय ल्याइरहेको छ, भन्ने पाटोमा व्यवस्था सुन्न, अर्का एक बजार व्यवस्थापकले गुनासो गर्दै भने, हाम्रो व्यवस्थापन त्यो कारण जान्न चाहँदैन, जसरी नि व्यापार गर भन्छ। शाखा प्रबन्धकहरुका अनुसार बीमा समितिले ३ वर्ष पुरा नभई समर्पण मूल्य प्राप्त ‌नहुने व्यवस्था २०७८ साउनबाटै लागू गरेपनि अझै केही जीवन बीमकले बैंकहरुसँगको मिलेमतोमा एक वर्ष नपुग्दै बीमालेखको समर्पण मूल्य घोषणा गरेर बीमालेखको धितोमा धमाधम कर्जा प्रवाह गरिरहेका छन्।

शाखा प्रबन्धक र बजार व्यवस्थापकहरुका अनुसार बीमालेखको बिक्रीका लागि यसअघि भन्दा बढी दौडधुप र मिहिनेत गरेपनि यसपटक सन्तोषजनक उपलब्धि हासिल हुन सकेको छैन । बैंकले ऋण कर्जा दिएपछि मात्र ठूला व्यापारीसँग पैसा हुने हो, लुम्बिनी प्रदेशको बुटवलस्थित एक जीवन बीमा कम्पनीको शाखा प्रबन्धकले भने, ‘अहिले बैंकसँग लगानी योग्य रकम नभएकाले सबैतिर सुख्खा लागेको छ,‌त्यसको असर हामीलाई पनि छ ।’ जीवन बीमकले अहिले ब्याज दर वृद्धि भएको मौका छोपेर धमाधम धेरै ब्याज दिन तयार हुने बैंकसँग सम्झौता गर्दै जीवन बीमा कोषको रकम मुद्दति निक्षेपमा लगानी गरिरहेका छन्। तर यसको सौदाबाजी प्रधान कार्यालयबाटै भइरहेकाले जीवन बीमकको‌ शाखा प्रबन्धकले बैंकको स्थानीय प्रबन्धकसँग जस्तोसुकै प्रगाढ सम्बन्ध रहेपनि जीवन बीमा व्यवसायको लागि सहयोग प्राप्त गर्न सकेका छैनन्।

‘भएको रकम जति हेड अफिसबाटै डिल गरेर बैंकलाई दिन्छन्’, अर्का एक बीमकको शाखा प्रबन्धकले भने, ‘यस्तो समयमा बैंक म्यानेजरलाई सहयोग गर्न सके पो हामीले पनि व्यापार पाउने हो। हामीले बैंकको शाखाबाट प्रदान गरिने ब्याजदर बारे हेड अफिसमा जानकारी दिंदा रिजेक्ट हुने गरेको छ।’ बैंकहरुले प्रकाशन गरेको ब्याजदर भन्दा एक प्रतिशत भन्दा बढीसम्म पनि घुमाउरो उपायबाट बीमा कम्पनीलाई उपलब्ध गराई रहेका छन्। यस्तो खर्च रकम ब्याज खर्च रकममा नदेखाएर अन्य शीर्षकबाट मिलान गरिएको सम्बद्ध श्रोतको भनाई छ।

ठूलो कारोबार गर्ने र आर्थिक हैसियत राम्रो भएका अभिकर्ताले बीमितको तर्फबाट व्यक्तिगतरुपमा पैसा लगानी गरेर उधारोमै बीमा गरिरहेका छन् । तर आम नागरिकबाट अपेक्षाकृत रुपमा बीमा भएको छैन । बैंकिङ तरलता अभावको समस्या सम्बोधन नभए यसपटकको त्रैमासमा सोझो बाटो हिँडेर खासै प्रगति नहोला भन्दै एक बीमकले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS