IME Life New

जीवन बीमा कम्पनीमध्ये कसले गरे आक्रामक व्यापार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ९ वटा पुराना जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले वृद्धि गर्न सफल भएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा कम्पनीको कुल शुल्क ४२० प्रतिशतले बढेर ४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ७८ करोड ५९ करोड कुल रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

दोस्रोमा नेपाल लाइफ इन्स्यारेन्स कम्पनी रहेको छ । कम्पनीको कुल बीमाशुल्क चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४५ प्रतिशतले बढेर ७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा ५ अर्ब ४८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

Esewa
Crest

तेश्रोमा लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ। कम्पनीले ४४ प्रतिशतले बीमा शुल्क आर्जन गर्न सफल भएको छ। पुराना जीवन बीमा कम्पनी मध्य सबै भन्दा थोरै प्रतिशत बीमा शुल्क आर्जन वृद्धि गर्नेमा मेट लाईफ इन्स्योरेन्स रहेको छ। मेट लाईफको कुल बीमा शुल्क आर्जन १६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।
                                                                                         रकम हजारमा 

नँया जीवन बीमा कम्पनीहरुको अवस्था के छ ?
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्तमा कुल बीमा शुल्क आर्जन रकम ५०६९ प्रतिशतले बढाउन सफल भएको छ भने रिलायन्स लाईफ इन्स्योरेन्सले कुल बीमा शुल्क आर्जन १५८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा कारोवार नभएकाले कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १० करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

प्रभु लाईफ इन्स्योरेन्सले भने अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा कुल बीमा शुल्क आर्जन रकम घटाएको छ।

                                                                                            रकम हजारमा 

कुल बीमा शुल्क आर्जन रकमको आधारमा तयार पारिएको रिपोर्ट 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS