IME Life New

जीवन बीमा कम्पनीहरुले गरे ११ महिनामा २२ अर्बमाथि प्रथम बीमाशुल्क संकलन, नेपाल लाइफको अग्रता कायमै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७६/७७ को जेठ मसान्तसम्ममा २२ अर्ब रुपैयाँ भन्दा माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले २२ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।

समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०६६र७७ को जेठ मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले जेठ मसान्तसम्ममा ६ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

Esewa
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले जेठ मसान्तसम्ममा २ अर्ब ३३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ। तेस्रोमा युनियन लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले जेठ मसान्तसम्ममा २ अर्ब ११ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ६७ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब २८ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब २३ करोड रुपैयाँ, रिलायबल लाइफले ९१ करोड रुपैयाँ, ज्योति लाइफले ८८ करोड रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ८२ करोड रुपैयाँ, सिटिजन लाइफले ८० करोड रुपैयाँ, र प्राइम लाइफले ७७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

सूर्या लाइफले ७३ करोड रुपैयाँ, रिलायन्स लाइफले ६५ करोड रुपैयाँ, आइएमई लाइफले ५७ करोड रुपैयाँ, सन नेपाल लाइफले ४८ करोड रुपैयाँ, सानिमा लाइफले ४६ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ४३ करोड रुपैयाँ, गुराँस लाइफले ४० करोड रुपैयाँ, प्रभु लाइफले ३८ करोड रुपैयाँ प्रथम बीमाशुल्क मार्फत आर्जन गर्न सफल भएका छन् ।

Source : Beema Samiti

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS