IME Life New

जीवन बीमा कम्पनीहरुले आर्जन गरे २१ अर्बमाथि प्रथम बीमाशुल्क, कसको कति ? (तथ्याङ्क सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैशाख मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले करिब २१ अर्ब रुपैयाँ माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले २१ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

समितिको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १२ महिनाको अवधिसम्ममा ५ अर्ब ६४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (एलआईसी)नेपाल रहेको छ । कम्पनीले बैशाख मसान्तसम्ममा २ अर्ब ३१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

तेस्रोमा नयाँ जीवन बीमा कम्पनी यूनियन लाइफ रहेको छ । कम्पनीले बैशाख मसान्तसम्ममा १ अर्ब ९९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नेशनल लाइफले १अर्ब ६० करोड रुपैयाँ, मेट लाइफले १ अर्ब २१ करोड रुपैयाँ, एशियन लाइपले १ अर्ब १० करोड रुपैयाँ, रिलायबल लाइफले ८७ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थाले ८१ करोड रुपैयाँ, ज्योति लाइफले ७७ करोड रुपैयाँ र सिटिजन लाइफले ७५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी, प्राइम लाइफले ७० करोड रुपैयाँ ,सूर्या लाइफले ६७ करोड रुपैयाँ, रिलायन्स लाइफले ५५ करोड रुपैयाँ, आइएमई लाइफले ५४ करोड रुपैयाँ,सन नेपाल लाइफले ४७ करोड रुपैयाँ, सानिमा लाइफले ४१ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ४० करोड रुपैयाँ, गुराँस लाइफले ३८ करोड रुपैयाँ र प्रभु लाइफले ३६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS