IME Life New

जीवन बीमा कम्पनीहरुलाई पुर्वाधार क्षेत्रमा अनिवार्य लगानी गर्न बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पुर्वाधार क्षेत्रमा अनिवार्य लगानी गर्न निर्देशन दिएको छ। समितिले ‘बीमकको लगानी निर्देशिका २०७५’ मा भएको व्यवस्था अनुसार कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा अनिवार्य लगानी गर्न कम्पनीहरुलाई परिपत्र गरेको हो।

कम्पनीहरुले लगानी निर्देशिका अनुसार पूर्वाधार क्षेत्रमा अलिकति पनि लगानी गरेको नदेखिएकाले यथासिघ्र निर्देशिका बमोजिम लगानी गर्न निर्देशन दिइएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए। उनले भने ‘बीमा कम्पनीहरुले अधिकाम्स रकम बैंकको मुद्दती निक्षेप तथा ऋणपत्रमै थन्काएर बसेका छन्। त्यसैले  निर्देशिका बमोजिम लगानी विस्तार गर्नुस भनेर सम्पुर्ण बीमा कम्पनीहरुलाई परिपत्र गरेका छौ।’ उनले थपे,  बीमा कम्पनीहरुले सधै बैंकमा मात्रै पैसा राखेर बसे भने कसरी पुर्वाधार क्षेत्रको विकास हुन्छ ?

Esewa
Crest

लगानी निर्देशिका अनुसार जीवन बीमा कम्पनीहरुले कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म यस्ता क्षेत्रमा लगानी गर्न पाउछन्। यस्ता क्षेत्रमा लगानी गर्दा बीमा कम्पनीले एउटै परियोजनामा आह्वान गरिएको कूल रकमको दश प्रतिशत भन्दा बढि पाउदैनन्। साथै लगानी गरिने कम्पनी पब्लिक लिमिटेड हुने पर्ने व्यवस्था छ।

पूर्वाधार क्षेत्रमा किन लगानी गर्न सकिएको छैन

हाल जीवन बीमा कम्पनीहरु सँग लगानी योग्य रकम लगभग तीन खर्ब भन्दा माथि छ। तर यस्ता क्षेत्रमा बीमा कम्पनीको लगानी जम्मा दुई अर्ब हाराहारी मात्रै छ। हालसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै यस्तो क्षेत्रमा लगानी गरेका छन्।

समितिका अध्यक्ष सिलवालले भने जस्तै अधिकाम्स जीवन बीमा कम्पनीहरुको यस्तो स्रोत केवल बैंकहरुको निक्षेपमा मात्रै प्रयोग हुँदै आएको छ। तीन खर्ब मध्ये दुई खर्ब २५ अर्ब भन्दा धेरै रकम राष्ट्रिय स्तरका बाणिज्य बैंकको मुद्दती निक्षेपमा जम्मा गरेका छन्।

बीमा कम्पनीहरुले यस्ता क्षेत्रमा निश्चित रकम मात्रै लगानी गर्न पाउने भएकाले खासै फाइदा नहुने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले जानकारी दिए। टेक्निकल रिजर्भको थोरै मात्रै ठुला परियोजनामा लगानी गर्न पाइने भएकाले यो उपयोगी नदेखिएको उनको तर्क छ।

जीवन बीमा कम्पनीको प्रमुख कार्य व्यवसाय ल्याउने भएकाले लगानीमा खासै ध्यान दिन नसकिएको प्रमुख कार्यकारी अधिकृतहरुको तर्क छ। लगानीका लागि छुट्टै सहायक कम्पनी खोल्नु पर्ने भट्टराइ बताउछन्। यदि सहायक कम्पनी नै खोलेर जाने हो भने उक्त कम्पनीले तोकिएका क्षेत्रमा आफ्नो हिसावले लगानी गर्न सक्छ। यसका लागि के कसरी जाने भनेर छलफल गरिनु पर्ने उनले बताए।

बीमा कम्पनीले यदि पुर्वाधार क्षेत्रमा लगानी गर्ने हो भने त्यसको प्रतिफल छिट्टै प्राप्त हुँदैन। बैंकमा पैसा जम्मा गर्दा त्रैमाशिक निक्षेप पाउने भएकाले नाफामा देखाउन सजिलो हुन्छ तर पूर्वाधार क्षेत्रमा गरिएको लगानीको प्रतिफल पाउन धेरै वर्ष कुर्नु पर्ने भएकाले बैंकहरुलाई यसले ठुलो असर गरेको भट्टराइले बताए। यदि सबै बीमा कम्पनीले पुर्वाधार क्षेत्रमा लगानी गर्ने हो भने यसको खासै असर भने देखिदैन। अहिले पनि कतिपय बीमा कम्पनीले होटल पर्यटन क्षेत्रका पुर्वाधारमा लगानी गरिरहेका छन्।

कम्पनीहरुले ऋण भन्दा पनि शेयरमा लगानी गर्न खोजिरहेका हुन्छन्। पूर्वाधार तथा परियोजनाको शेयरमा गरिएको लगानीको प्रतिफल पाउन लामो समय कुर्नु पर्ने भएकाले नाफाबाट आफ्नो प्रस्तुति देखाउन नसकिने भट्टराइको तर्क छ। तर बीमा कम्पनीले क्षणिक फाइदाका लागि भन्दा पनि दिर्घकालिन परियोजनामा लगानी गरेर दिर्घकालिन प्रतिफल लिन सक्नु पर्छ।

विदेशमा बीमा कम्पनीहरुले ठुला ठुला परियोजनामा लगानी गर्छन्। अपार्टमेन्ट हाउजिङदेखि लिएर सुरुङमार्ग, हाइड्रोपावर निर्माण गरेको पाइन्छ। नेपालका बीमा कम्पनीहरुको पनि लगानीयोग्य रकम बढिरहेको छ। १०/२० वर्षको दायित्व लिएर एक/दुई वर्षका लागि मात्रै लगानी गर्दा बीमितले उचित प्रतिफल पाउन सक्दैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS