IME Life New

जीवन बीमा कम्पनीहरुको शेयर बजारमा १७ अर्ब ८२ करोड लगानी, मूल्य घटेर तनावमा !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोस्रो बजारको संस्थागत शेयर खेलाडीको रुपमा चिनिएका बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा १७ अर्ब ८२ करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरुले दोस्रो बजारमा सूचिकृत कम्पनीको सर्वसाधारण समुहको शेयरमा ८ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै कम्पनीको संस्थापक शेयरमा ९ अर्ब २७ करोड रुपैयाँ लगानी गरेका छन् ।

बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार जम्मा लगानीको १० प्रतिशतसम्म शेयर बजारमा लगानी गर्न पाउने कानुनी व्यवस्था छ । सोहि अनुरुप बीमा कम्पनीहरुले दोस्रो बजारमा पनि लगानी गर्ने गरेका छन् । गत आर्थिक वर्षमा शेयर बजारबाटै राम्रो मुनाफा आर्जन गरेका बीमा कम्पनीहरुलाई यस पटक भने शेयर बजारले नै धोका दिएको छ । यदि असारसम्ममा पनि शेयर बजार सुधार भएन भने अधिकाम्स बीमा कम्पनी लाभांश दिनै नसक्ने अवस्थामा पुग्ने छन् ।

Esewa
Crest

चैत मसान्तको सूचीकृत कम्पनीको शेयर मूल्यको तुलनामा कुनै पनि कम्पनीको लगानी नाफामा छैनन् । लागत मूल्य भन्दा चरम घाटा देखिए पछि उनिहरुले नोक्सान बापतको व्यवस्था अर्थात प्रोभिजनिङ गरेका छन् । केहि कम्पनीले यस त्रैमाशमा प्रोभिनजिङ नगरी मुनाफा देखाए पनि असार सम्ममा भने उनिहरुले देखाउनै पर्ने हुन्छ ।

चैत मसान्तसम्ममा सर्वाधिक धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसनले शेयर बजारमा २ अर्ब ९० करोड रुपैया लगानी गरेको छ भने दोस्रो नम्बरमा रहेको नेपाल लाइफले एक अर्ब १९ करोड रुपैयाँ लगानी गरेको छ । एशियन लाइफले एक अर्ब तीन करोड रुपैयाँ, प्राइम लाइफ ९३ करोड १७ लाख रुपैयाँ, नेशनल लाइफ ३६ करोड १८ लाख रुपैयाँ, सूर्या लाइफ ३३ करोड ९६ लाख रुपैयाँ लगानी गरेका छन् । मेट लाइफले भने शेयरमा लगानी गरेको छैन ।

जीवन बीमा कम्पनीहरुले संस्थापक शेयरमा भने ९ अर्ब २७ करोड रुपैयाँ लगानी गरेका छन् । सर्वसाधारण शेयरमा भन्दा संस्थापक शेयरमा गरिएको लगानी सुरक्षित मानिन्छ । सर्वसाधारण शेयरमा लगानी गर्दा दोस्रो बजारको जोखिम बहन गर्नु पर्छ तर संस्थापक शेयर केबल लाभांशका लागि उचित मानिन्छ । नेपाल लाइफले मात्रै संस्थापक शेयरमा तीन अर्ब रुपैयाँ लगानी गरेको छ । राष्ट्रिय बीमा संस्थानले विभिन्न कम्पनीको संस्थापक शेयरमा २ अर्ब १५ करोड रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS