IME Life New

जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च ७ अर्ब ९० करोड, कुन कम्पनीको कति?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा  ७ अर्ब ९० करोड रुपैयाँ व्यवस्थापन खर्च गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबरको व्यवस्थापन खर्च गरेको वित्तीय विवरणमा उल्लेख गरेका छन् ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासम्ममा सबैभन्दा धेरै व्यवस्थापन खर्च गर्ने कम्पनीमा नेपाल लाइफ, नेशनल लाइफ, युनियन लाइफ र  लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेका छन् ।

Esewa
Crest

चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै व्यवस्थापन खर्च गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ९५ करोड ८ लाख रुपैयाँ खर्च गरेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ७९ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ ।

तेस्रोमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा ७० करोड ५० लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।त्यस्तै, चौथौमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ। कम्पनीले यस अवधिसम्ममा ६३ करोड ४६ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

समिक्षा अवधिमा एशियन लाइफले ४८ करोड २९ लाख रुपैयाँ, सूर्या लाइफले ४४ करोड ९ लाख रुपैयाँ, प्राइम लाइफले ४३ करोड ६५ लाख रुपैयाँ, सिटिजन लाइफले ५३ करोड ५७ लाख रुपैयाँ, गुराँस लाइफले ४० करोड ९५ लाख रुपैयाँ, ज्योति लाइफले ३४ करोड ६६ लाख रुपैयाँ, रिलायन्स लाइफले ३४ करोड ६१ लाख रुपैयाँ र मेट लाइफले ३४ करोड २२ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेका छन् ।

त्यस्तै, आइएमई लाइफले ३० करोड ५० लाख रुपैयाँ, प्रभु लाइफले २८ करोड ८५ लाख रुपैयाँ, सन नेपाल लाइफले २४ करोड ४० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २४ करोड २९ लाख रुपैयाँ, सानिमा लाइफले १८ अर्ब ६९ करोड रुपैयाँ, महालक्ष्मी लाइफले १६ करोड ७४ लाख रुपैयाँ , राष्ट्रिय बीमा संस्थानले १४ करोड २९ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेका छन् ।

बीमा कम्पनीहरुले देशव्यापी रुपमा शाखा सञ्चाल विस्तार गर्दा व्यवस्थापन खर्च बढिरहेको छ। शाखा सञ्जालमा खासै ध्यान नदिएको राष्ट्रिय बीमा संस्थानको व्यवस्थापन खर्च सबैभन्दा कम छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS