IME Life New

जीवन बीमा कम्पनीहरुको लगानी झण्डै तीन खर्ब, नेपाल लाइफको सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुको लगानी प्रथम त्रैमाससम्ममा २ खर्ब ८१ अर्ब २७ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

(Nrs. Lakh)

बीमा समितिको तथ्याङ्क अनुसार प्रथम त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै लगानी गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स (नेपाल) रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा ७७ अर्ब ५४ करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।

Esewa
Crest

त्यस्तै दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन कम्पनी रहेको छ । कम्पनीले प्रथम त्रैमाससम्ममा ५८ अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । प्रथम त्रैमाससम्ममा कम्पनीले ३२ अर्ब ३ करोड रुपैयाँ लगानी गरेको छन् ।

त्यसैगरी, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्था २३ अर्ब १७ करोड रुपैयाँ, मेट लाइफले १९ अर्ब ९४ करोड रुपैयाँ, एशियन लाइफले १९ अर्ब १८ करोड रुपैयाँ, प्राईम लाइफले १२ अर्ब ३५ करोड रुपैयाँ, सूर्या लाइफले ७ अर्ब ५२ करोड रुपैयाँ र गुराँस लाइफले ७ अर्ब २३ करोड रुपैयाँ लगानी गरेको छन् ।

नयाँ कम्पनीमा युनियन लाइफ अगाडि

१० वटा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै लगानी गर्ने कम्पनी युनियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले प्रथम त्रैमासको अवधिसम्ममा चार अर्ब ३४ करोड रुपैयाँको लगानी गरेको छ । दोस्रोमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले २ अर्ब ९३ करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।

त्यसैगरी, सन नेपाल लाइफले दुई अर्ब ६० करोड रुपैयाँ, आईएमई लाइफले २ अर्ब ३६ करोड रुपैयाँ, ज्योति लाइफले २ अर्ब ३० करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ९७ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब ८४ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ७७ करोड रुपैयाँ, महालक्ष्मी लाइफले १ अर्ब ६८ करोड रुपैयाँ र रिलायबल लाइफले १ अर्ब ५५ करोड रुपैयाँको लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS