IME Life New

जीवन बीमा कम्पनीहरुको बीमालेख धितोमा २४ अर्ब २९ करोड प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी २४ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रदान गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक बर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबर धितो प्रवाह गरेको देखिएको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीले चालु आवको पुस महिनासम्ममा १० अर्ब १० करोड रुपैयाँ बीमा लेख धितो कर्जा प्रवाह गरेको छ । त्यसैगरी लाईफ इन्स्योरेन्स कर्पोरेशनले ७ अर्ब ८५ करोड रुपैयाँ धितो रकम प्रवाह गरेको छ । नेशनल लाईफ इन्स्योरेन्सले ३ अर्ब १ करोड रुपैयाँ प्रदान गरेको तथ्यांकले देखाएको छ ।

Esewa
Crest

साथै एशियन लाईफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ धितो प्रवाह गरेको तथ्यांकले देखाएको छ । सूर्या लाईफ इन्स्योेरेन्सले ३० करोड ४५ लाख रुपैयाँ धितो प्रवाह गरेको छ । सन् नेपालले १ करोड १२ लाख रुपैयाँ, आईएमई लाईफ इन्स्योरेन्सले १ करोड ३५ लाख, मेट लाईफ इन्स्योरेन्सले ८७ करोड १९ लाख रुपैयाँ, , प्राईम लाईफले ७० करोड ४३ लाख, सिटिजन्सले ५७ लाख ९२ हजार, यूनियन लाईफले ७ करोड ८१ लाख रुपैयाँ र गुराँस लाईफ इन्स्योरेन्सले २६ करोड २४ लाख रुपैयाँ कर्जा प्रदान गरेका छन् ।

बीमालेख धितो कर्जा

बीमालेख धितो कर्जा भनेको बीमीतहरुले बीमा कम्पनीहरुबाट खरिद गरेको जीवन बीमालेख धितो राखी लिईने कर्जा हो । बीमा कम्पनीहरुले बीमीतहरुलाई उनीहरुको बीमालेख धितो राखे बापत्त कर्जा प्रदान गर्दछ । यसको लागि बीमीतले कम्तिमा पनि दुई ओटा किस्ता प्रिमियम बुझाएको हुनुपर्नेछ । कर्जा लिदाँ बीमीतले बीमालेखका अतिरिक्त अन्य कुनै धितो वा जमानी राख्नुपर्दैन ।

कर्जा लिने प्रक्रिया

कम्पनीहरुले बीमा समितिको निर्देशन अनुसार बीमालेख धितो बापत कर्जा लगानी गर्दै आईरहेका छन् । यस्तो कर्जा बीमा योजनाको प्रकृति अनुसार फरक फरक हुने गर्छ । साधारणतया बीमा कम्पनीहरुले कर्जा वितरण गर्दा बीमीतहरुले बीमा कम्पनीमा भुक्तानी गरेको रकमको आधारमा गर्दछन् । बीमा समितिले तोकेको नियम अनुसार बीमीतले भुक्तानी गरेको रकमको सर्मपण मूल्याङकन गरिन्छ । सोही मूल्याङकन पछिको रकमको अधिकत्तम ९० प्रतिशतसम्म कम्पनीहरुले कर्जा दिन्छन् । यस्तो कर्जाको ब्याजदर पनि योजना अनुसार नै हुने एशियन लाइफ इन्स्योरेन्स कम्पनीका काम उपप्रबन्धक सुनिल बज्राचार्यले बताए । उनले भने ‘हामीले साधारणतया ११ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिरहेका छौं ।’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भने १० प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । यस्तो कर्जाको अवधिमा बीमा अवधि बराबर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS