IME Life New

जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ३२ अर्ब माथि, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ९ महिनाको अवधिसम्ममा ३२ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको अवधिसम्ममा ३२ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।

९ महिनाको अवधिमा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा ६ अर्ब ९७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा लाइफ इन्स्योरेनस कर्पोशन कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ अर्ब ९४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा २ अर्ब ९१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, यूनियन लाइफ २ अर्ब ५२ करोड रुपैयाँ, रिलायबल लाइफले १ अर्ब ७१ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ७० करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ५८ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ४४ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफले १ अर्ब ४१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, समितिको तथ्याङ्क अनुसार मेट लाइफले १ अर्ब १६ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब १३ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ८ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब १ करोड रुपैयाँ, सानिमा लाइफले ९६ करोड रुपैयाँ, प्रभु लाइफले ७१ करोड रुपैयाँ, सन नेपाल लाइफले ६९ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६५ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ४७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS