IME Life New

जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन साढे ४१ अर्ब रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा साढे ४१ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

समितिको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा १३ अर्ब ५१ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ ।

Esewa
Crest

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल रहेको छ । कम्पनीले बैशाख मसान्तसम्ममा ८ अर्ब ७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा ५ अर्ब १८ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

समिक्षा अवधिमा नेशनल लाइफले ३ अर्ब ९२ करोड रुपैयाँ, युनियन लाइफले १ अर्ब २५ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ४ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ३७ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब २२ करोड रुपैयाँ, गुराँस लाइफले ९९ करोड रुपैयाँ र सिटिजन लाइफले ३४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, रिलायबल लाइफले २९ करोड रुपैयाँ, ज्योति लाइफले ३८ करोड रुपैयाँ, आइएमई लाइफले ३१ करोड रुपैयाँ, सन नेपाल लाइफले ३३ करोड रुपैयाँ, रिलायन्स लाइफले २६ करोड रुपैयाँ प्रभु लाइफले १६ करोड रुपैयाँ र सानिमा लाइफले १८ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS