IME Life New

जीवन बीमा कम्पनीले गरे ३५ अर्ब भन्दा बढी दाबी भुक्तानी, हेर्नुहोस कुनले कति गरे (तथ्यांकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी ६७ प्रतिशतले वृद्धि भएर ३५ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ भन्दा बढी पुगेको छ ।
राष्ट्रिय बीमा संस्थान बाहेक अन्य १८ वटा जीवन बीमकले प्रकाशन गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार आ.व. ७७।७८ मा ३५ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बीमितलाई दाबी भुक्तानी गरिएको छ । यो आँकडामा अग्रिम भुक्तानी, पूर्णावधि भुक्तानी, समर्पण दाबी, मृत्यु दाबीसमेतको रकम समावेश गरिएको छ ।

Esewa
Crest

यो मध्ये नेपाल लाईफबाट बीमितले गत आ.व.मा ९ अर्ब ७१ करोड ९५ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् । नेपाल लाईफको दाबी भुक्तानी ४५.६० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आ.व. ७६।७७ मा बीमितलाई नेपाल लाईफले कूल ६ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

दोश्रो सर्वाधिक दाबी भुक्तानी गरेको एलआइसी नेपालले ७ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आ.व.मा एलआइसी नेपालले जम्मा ३ अर्ब ७६ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । यसको दाबी भुक्तानीमा ९९.२८ प्रतिशतले वृद्धि देखिएको छ ।

तेश्रो सर्वाधिक दाबी भुक्तानी गरेको नेशनल लाईफ इन्स्योरेन्सबाट बीमितले गत आ.व.मा ४ अर्ब १२ करोड रुपैयाँ दाबी भुक्तानी पाएका छन् । अघिल्लो आ.व.मा २ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ बीमितलाई नेशनल लाईफले भुक्तानी गरेको थियो । यसको भुक्तानी रकममा ४४.१२ प्रतिशतले वृद्धि भएको छ ।

चौथो स्थानमा रहेको मेट लाईफले ३ अर्ब ६१ करोड रुपैयाँ आ.व. ७७।७८ मा बीमितलाई भुक्तानी गरेको छ । यो अघिल्लो आ.व.को २ अर्ब ५३ करोड १८ लाख रुपैयाँको तुलनामा ४२.५९ प्रतिशतले बढी हो ।

दाबी भुक्तानी आँकडाको आधारमा एशियन लाईफ इन्स्योरेन्स पाँचौं स्थानमा रहेको छ । यसले २ अर्ब ९५ करोड ६१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आ.व.मा १ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको एशियन लाईफको भुक्तानीमा दाबी ५२ प्रतिशतले वृद्धि भएको छ ।

यहाँ समेटिएका १८ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा थोरै रकम दाबी भुक्तानी गरेको कम्पनीमा प्रभु लाईफ इन्स्योरेन्स रहेको छ । प्रभु लाईफका बीमितले ८ करोड ९८ लाख रुपैयाँ गत आ.व.मा दाबी भुक्तानी पाएका छन् । अघिल्लो आ.व.मा प्रभु लाईफले बीमितलाई कूल ८४ लाख १३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS