IME Life New

जीवन बीमा कम्पनीले आर्जन गरे ५८ अर्ब २६ करोड नविकरण बीमाशुल्क, माघ महिनामा मात्रै करिब ८ अर्ब (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा १९ जीवन बीमा कम्पनीहरुले ५८ अर्बमाथि नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङक अनुसार यी कम्पनीहरुले यस अवधिसम्ममा ५८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका हुन् । माघ महिनामा मात्रै कम्पनीहरुले ७ अर्ब ९६ करोड ५५ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आथिृक वर्ष २०७८ /७९ को ७ महिनामा सबैभन्दा धेरै नेपाल लाइफले नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा १७ अर्ब २१ करोड ३४ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको छ ।

Esewa
Crest

दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ८ अर्ब २७ करोड ११ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ७६ करोड ६१ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले ५ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । यूनियन लाइफले ३ अर्ब ३७ करोड १३ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, यस अवधिमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ८६ करोड ५ लाख रुपैयाँ,मेट लाइफले २ अर्ब २१ करोड २२ लाख रुपैयाँ प्राइम लाइफले २ अर्ब १९ करोड ३७ लाख रुपैयाँ, सूर्या लाइफले १ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ, गुराँस लाइफले १ अर्ब ४४ करोड १३ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९ करोड २० लाख रुपैयाँ, ज्योति लाइफले १ अर्ब ४ करोड २६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

करोडमा बीमा शुल्क आर्जन गर्ने कम्पनीहरुमा
यस अवधिसम्ममा रिलायन्स लाइफले ९६ करोड ४७ लाख, सन नेपाल लाइफले ९१ करोड ७२ लाख,रिलायबल नेपाल लाइफले ८१ करोड ५८ लाख, सानिमा लाइफले ६८ करोड ३४ लाख, प्रभु लाइफले ५२ करोड ९७ लाख, महालक्ष्मी लाइफले ३८ करोड ३४ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS