IME Life New

जीवन बीमा कम्पनीलाई साधारणसभा गर्ने बाटो खुल्यो, अटेर गर्ने कम्पनीलाई समितिले स्पष्टिकरण माग्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फ्युचर बोनस प्रोभिजनिङका कारण लेखापरिक्षणमा अलमलिएका जीवन बीमा कम्पनीहरुलाई बीमा समितिले बाटो खुलाइदिएको छ । समितिले बिहीबार फ्युचर बोनसका लागि तत्काल सत प्रतिशत प्रोभिजनिङ गर्नु नपर्ने व्यवस्था गरिदिए सँगै लेखापरिक्षण गर्न अलमलिएका कम्पनीहरुलाई सहज भएको हो । कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण गर्दा २० प्रतिशत मात्रै प्रोभिजनिङ गरे पुग्ने भएको छ ।

जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका २०७७ मा फ्युचर बोनसका लागि सत प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था थियो । यो व्यवस्थाले कम्पनीको बोनसदर धेरै नै घट्ने अवस्था आए पछि जीवन बीमा कम्पनीहरु लेखापरिक्षण नगरि बसेका थिए । बीमा समितिले बुधबार एकै पटक सत प्रतिशतबाट घटाएर अवको ५ वर्षसम्म लगातार २० प्रतिशतका दरले प्रोभिजनिङ गर्दै लैजानु पर्ने व्यवस्था गरिदिए पछि कम्पनीहरुलाई वार्षिक साधारणसभा गर्न सहज भएको हो ।

Esewa
Crest

तर कतिपय बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७५/७६ कै साधारणसभा गर्न सकेका छैनन् । सन नेपाल लाइफ, गुराँस लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल, राष्ट्रिय बीमा संस्थान, युनियन लाइफले अहिलेसम्म पनि आर्थिक वर्ष २०७५/७४ को साधारणसभा सम्पन्न गर्न सकेका छैनन् ।

अघिल्लो आर्थिक वर्षकै साधारणसभा नगर्ने बीमा कम्पनीहरुलाई तत्काल साधारणसभा गर्न नसक्नुको कारण सहित स्पष्टीकरण सोधिने बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०७५/७६ को साधारणसभा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन,  सूर्या लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, एशियन लाइफ,  महालक्ष्मी लाइफ इन्स्योरेन्स ले मात्रै सम्पन्न गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले एक्चुरियल मूल्याङ्कन गर्न नसक्दा समयमा लेखापरिक्षण सम्पन्न गर्न सकेका छैनन् । नेपालमा एक्चुरियल मूल्याङ्कन गर्ने एक जना पनि एक्चुरी छैनन् । नेपालका बीमा कम्पनी भारतीय एक्चुरि सँग भर पर्नु पर्ने बाध्यता छ ।

बीमा समितिको पछिल्लो व्यवस्थाले अघिल्लो आर्थिक वर्षको लेखापरिक्षण गर्न नसकेका कम्पनीलाई केहि फाइदा पुग्ने देखिन्छ । उनिहरुले अघिल्लो आर्थिक वर्षमै फ्युचर बोनसको लागि प्रोभिजनिङ गर्ने हो भने अवको दुई वर्ष भित्रमा पुर्ण रुपमा प्रोभिजनिङ गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS