IME Life New

जीवन बीमा कम्पनीमा व्यवसायको खडेरी, कर्मचारीदेखि अभिकर्ता नै पलायन हुने खतरा !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोभिड १९ को महामारीको समयमा मौलाएको बीमा बजार पछिल्लो समय ह्वात्तै घटेको छ । तुलनात्मक रुपमा राम्रो व्यवसाय गर्ने प्रादेशिक तथा शाखा कार्यालयले गत वर्ष २४/२५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा यस वर्ष महिनामा एक करोड रुपैयाँ पनि प्रिमियम संकलन गर्न सकेका छैनन् । कतिपय शाखाले ४/५ लाख पनि व्यवसाय भित्र्याउन सकेका छैनन् ।

बीमा कम्पनीका एक कर्मचारी अनुसार गत वर्ष २४ करोड व्यवसाय भएको थियो । अझ अघिल्लो वर्षमा ३५ करोड भएको थियो । त्यस भन्दा अघिल्लो वर्षमा २४ करोड हुने गरेकोमा यस वर्ष महिनामा एक करोड पनि संकलन हुन छाडेको छ । यहि हिसावले व्यवसाय हुँदै गयो भने टिक्न नसकिने उनले दुःख व्यक्त गरे । यस्तो पिडा उनको शाखामा मात्रै होइन सम्पुर्ण जीवन बीमा कम्पनीको कार्यालयमा देख्न सकिन्छ ।

Esewa
Crest

गएका वर्षमा लौन बीमा गरौ भनेर केहि दिन धाउदा पोलिसी ल्याउन गाह्रो थिएन । तर अहिले कसैले बीमा नै गर्न मान्दैनन् । अभिकर्ता पेशा लगभग पारिवारिक व्यवसाय हो । अभिकर्ताहरुले विगतका वर्षमा आफ्नो परिवारिक सर्कल भित्र बीमा गराएर सकिसकेका छन् । त्यसमा पनि घरै पिच्छे अभिकर्ता हुने ट्रेण्डले पुर्णकालिन व्यवसायिक अभिकर्ताहरुले व्यवसाय गर्नै सकेका छैनन् । आफ्नो परिवार भित्रका सदश्यको मात्रै बीमा गर्न अभिकर्ता बनेकाहरुले अरुको बीमा गराउनै सक्दैनन् ।

यसरी अभिकर्ताले पोलिसी नल्याउने वित्तीकै बीमा कम्पनीका कर्मचारीको टाउको दुखाइ बनेको छ । उच्च व्यवस्थापनले टार्गेट मिट नभएको भन्दै फोन, इमेलदेखि लिएर भेटेरै दवाव दिने गरेका छन् । तर हिजोका दिनमा सर्वाधिक व्यवसाय गर्ने अभिकर्ता नै पोलिसी ल्याउन नसकेर चिन्तामा छन् । कतिपय अभिकर्ता त कार्यालयमै जान छाडिसकेका छन् । यस्तै अवस्था रह्यो भने अभिकर्ताहरु नै पलायन हुन सक्ने खतरा बढेको कम्पनीका कर्मचारीहरु बताउछन् ।

विगतका वर्षमा बीमा कम्पनीको शाखा कार्यालयमा अभिकर्ताको भिडभाड हुन्थ्यो । कुनै पनि शनिवार बीमा कम्पनीका कर्मचारी विदामा बस्न पाउदैन थिए । कहिले एजेन्सी ट्रेनिङ तर कहिले नयाँ अभिकर्ताको तालिम जसमा पुराना अभिकर्ताको सक्रियता अधिक हुन्थ्यो । यहि हिसावले पुराना अभिकर्ताहरु विस्तारै-विस्तारै पलायन हुँदै गएमा जीवन बीमा व्यवसाय नै धरापमा पर्न सक्छ ।

कोभिड १९ पछि सबैभन्दा पहिला बैंकिङ क्षेत्रमा प्रभाव देखियो । बैंकहरु विगत एक वर्षदेखिनै नयाँ कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा छन् । तर असारसम्म पनि बीमा कम्पनीहरुले राम्रै व्यवसाय गरिरहेका थिए । तर बैशाख देखिनै व्यवसायमा सुस्तता भने देखिइसकेको थियो । साउन पछि बढ्ने अपेक्षा गरिएकोमा हरेक महिना झन् झन् घट्दो ट्रेण्डमा छ ।

यसले सबैभन्दा पहिला बीमा कम्पनीको मार्केटिङ विभागका कर्मचारीमा असर पार्छ । व्यवसाय नबढ्ने वित्तीकै मार्केटिङ विभागलाई उच्च व्यवस्थापनले दवाव दिन थाल्छ । मार्केटिङ विभागले अभिकर्तालाई दवाव दिन थाल्छन् । यदि दुबै पक्ष दवावमा परिरहने अवस्था रह्यो भने उनिहरुले बीमा क्षेत्रै छोड्ने खतरा बढ्छ । यो भनेको बीमा क्षेत्रका लागि सबैभन्दा नराम्रो पक्ष हो ।

कोभिड १९ को समयमा सुस्ताएको अर्थतन्त्रमा जागेको बीमा व्यवसायबाट धेरै अभिकर्ता तथा बीमा कम्पनीका कर्मचारीले भिविष्य बनाए । कयौ कर्मचारीको बढुवा भयो । हजारौ अभिकर्ताले लाखौ करोडौ रुपैयाँ कमाए । आर्थिक मन्दी सँगै बैंकहरुले निक्षेपकर्तालाई राम्रो व्याज दिन थालेका छन् । व्याज सँगै उनिहरुले आवधिक बीमा पनि गरिदिएका छन् ।

बीमा शुल्क पनि भुक्तानी गर्न नसकेका बीमितलाई बैंकहरुले ५/६ वर्षमै दोब्बर हुने स्किम दिए पछि उनिहरु बीमा कम्पनीमा भन्दा बैंकमै आकर्षित हुन्छ । बीमा कम्पनीहरुले बीमितलाई फोन गरेर तपाईको बीमा शुल्क भुक्तानी गर्ने बेला भयो भन्दा बीमितको सिधै जवाफ आउछ । अहिले पैसा छैन । भएको भए पनि किन बीमा कम्पनीमा हाल्नु बैंकमा राखेर ५/६ वर्षमै दोब्बर बनाउने हो ।

हिजोका दिनमा बीमा कम्पनीहरुले बीमितलाई गरेको मिस लिडिङको सिकार बीमा कम्पनी स्वयं पर्दैछन् । बीमितलाई सुरक्षणका हिसावले भन्दा पनि १५/१६ वर्षमा बीमाङ्कको दोब्बर हुने भन्दै कन्भिन्स गराएको कुराले अहिले बीमितहरुको पहिलो रोजाइ बीमा कम्पनी भन्दा पनि बैंक पर्न थालेको छ ।

बैंकले १५ वर्षमा आफुले जम्मा गरेको रकमको तीन गुणा दिने सुरक्षण गर्दा दोब्बर पनि नपाइने बीमा कम्पनीमा किन रकम जम्मा गर्ने भन्ने खालको बुझाइले बीमा व्यवसाय फस्टाउने होइन खुम्चिने अवस्थामा पुगेको छ ।

अधिकाम्स बैंकहरुले मुद्दती निक्षेपको स्किम सार्वजनिक गर्दै ५/६ वर्षदेखि २०/२१ वर्ष अवधिमा दोब्बरदेखि ४/५ गुणा हुने भन्दै आइरहेका छन् । यहि बीमा कम्पनीहरुले हिजोका दिनमा बीमा पोलिसीलाई प्रतिफल भन्दा पनि बीमाकै हिसावले बिक्री गरिएको थियो भने यसले खासै असर गर्दैन थियो । बीमा कम्पनीले आर्जन गर्ने बीमा शुल्क साना साना पोलिसीबाट भन्दा पनि ठुलो ठुलो बीमाङ्कबाट हो । अहिलेको दिनमा कुनै पनि व्यक्तिले बीमा कम्पनीमा एक करोड रुपैयाँ तिरेर बीमा गर्नु भन्दा उक्त रकम बैंकमै राखेर आकर्षक प्रतिफल पाउन सक्छ । त्यसैले पनि बीमा अभिकर्ता तथा बीमक आफैले बीमितलाई बुझाउनै सकिहरेका छैनन् ।

बैंकहरुको आकर्षक अफरकै कारण ठुला पोलिसीको बीमा शुल्क समेत नउठ्ने खतरा बढेको छ । उनिहरु बीमा शुल्क भुक्तानी गर्ने भन्दा पनि बैंकको मुद्दती निक्षेपमा जम्मा गर्न हौसिएका छन् । यहि हिसावले बीमा कम्पनीहरु चल्ने हो भने केहि वर्ष बीमा कम्पनीको व्यवसाय ठप्प जस्तै हुने देखिन्छ । बैंकहरुले आजका दिनमा दिइरहेको व्याजदर भोलिका दिनमा दिदैनन् । यहि तरलता सहज हुँदै गयो भने बैंकहरुको व्याजदर घट्दै जान्छ र बीमा कम्पनीबाट प्राप्त गर्ने प्रतिफल भन्दा बैंकको प्रतिफल कम हुन जान्छ । त्यस्तो समयमा बीमा शुल्क पनि अधिक बढ्छ ।

विगतका वर्षमा अभिकर्ताहरुले नै बैंकबाट सस्तो व्याजदरमा पैसा ल्याएर तथा आफु सँग भएको ठुलो निक्षेपलाई बीमा पोलिसीमा कर्भर्ट गरेका थिए । उनिहरुको उद्देश्य बीमा भन्दा पनि बीमा कम्पनीहरुले दिने इन्सेन्टिभ तथा कमिशन थियो । पहिलो र दोस्रो वर्षको कमिशन र इन्सेन्टिभ बापतको रकमले एक दुई वर्षमै पोलिसी सरेण्डर हुँदा पनि राम्रो फाइदा हुन्थ्यो ।

बीमा समितिले पोलिसी सरेण्डर अवधि बढाए पछि अभिकर्ताको यस्तो अभ्यासमा पुर्ण विराम लागेको छ । एकातिर पोलिसी सरेण्डर गर्न नपाउने अर्को तर्फ पोलिसी खरिद गरेर कमिशन तथा इन्सेन्टिभ मार्फत आर्जन हुने रकम भन्दा बैंकबाट पाउने प्रतिफल अधिक भए पछि बीमा कम्पनीको व्यवसाय बढाइदिने ठेकेदार पनि पलायन भएका छन् ।

बीमा कम्पनीहरुले यहि हिसावले आफुलाई अगाडी बढाउन खोजे भने बीमा क्षेत्र नै धरापमा पर्ने विश्लेषकहरु बताउछन् । कम्पनीहरुले सबैभन्दा पहिला बीमितहरुलाई प्रतिफलका हिसावले भन्दा पनि जोखिम बहन गर्ने सिद्धान्तबाट बुझाउने प्रयास गर्नु पर्छ । बीमा र बैंकिङ फरक हो भन्दै बुझाउन सक्नु पर्छ । बीमाको महत्व बुझाउन नसके सम्म बीमा व्यवसाय टिक्नसक्दैन । बीमितलाई प्रतिफल भन्दा पनि स्किम मार्फत आकर्षित गर्न सकिन्छ । जस्तो आजको दिनमा ठुलो समुह जागिर तथा व्यवसायमा केन्द्रित छन् । कसैको पनि जागिर तथा व्यवसाय पछिको जीन्दगीको सुरक्षण हुने आधार छैन । यस्ता समुहलाई टार्गेट गरी नयाँ नयाँ पोलिसी ल्याउनु सक्नु पर्छ । ट्रेडिसनल पोलिसीमै रम्ने भन्दा पनि क्रियसन आवस्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

5%
happy

खुसी

79%
sad

दु :खी

5%
amazed

अचम्मित

8%
excited

उत्साहित

3%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS