IME Life New

जीवन बीमा कम्पनीद्धारा बीमालेख धितोमा ४२ अर्ब ६६ करोड कर्जा प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी ४२ अर्ब ६६ करोड करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक बर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबर बीमालेख धितो कर्जा प्रवाह गरेको देखिएको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् ।नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीले चालु आर्थिक वर्षकोे चैत महिनासम्ममा १६ अर्ब ६९ करोड रुपैयाँ बीमा लेख धितो कर्जा प्रवाह गरेको छ । त्यसैगरी लाईफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्ब ६२ करोड रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सले ४ अर्ब ५९ करोड रुपैयाँ धितो कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।त्यसैगरी, एशियन लाइफले २ अर्ब २८ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ६१ करोड रुपैंयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

Esewa
Crest

प्राइम लाइफले १ अर्ब १७ करोड रुपैयाँ, मेट लाइफले ९६ करोड रुपैयाँ, युनियन लाइफले ७६ करोड २५ लाख रुपैयाँ, सूर्या लाइफले ६९ करोड ४ लाख रुपैयाँ, गुराँस लाइफले ५० करोड १ लाख रुपैयाँ, र ज्योति लाइफले १७ करोड ४३ लाख रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

आइएमई लाइफले १० करोड ९ लाख रुपैयाँ, सन नेपाल लाइफले १३ करोड ६६ लाख रुपैयाँ, महालक्ष्मी लाइफले १२ करोड ५४ करोड रुपैयाँ, रिलायन्स लाइफले ९ करोड ७१ लाख रुपैयाँ, सिटिजन लाइफले ८ करोड २४ लाख रुपैयाँ, सानिमा लाइफले २ करोड १० लाख रुपैयाँ र रिलायबल लाइफले ६ लाख ५ हजार रुपैयाँको बीमालेख धितो कर्जा प्रवाह गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS