IME Life New

जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क २० प्रतिशत खुम्चियो, साउनमा २ अर्ब २० करोड आर्जन हुँदा कसको कति (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा २ अर्ब २० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन झण्डै २० प्रतिशतले खुम्चिएको छ ।

गत आर्थिक वर्षको पहिलो महिनामा कम्पनीहरुले २ अर्ब ७४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । आर्थिक मन्दी तथा मर्जरले गर्दा जीवन बीमा कम्पनीको व्यवसाय २० प्रतिशतले खुम्चिएको हो । कम्पनीहरुले गत वर्षको भन्दा यस वर्ष राम्रो व्यवसाय हुन नसकेको भन्दै गुनासो गर्दै आएका थिए ।

Esewa
Crest

चालु आर्थिक वर्षको साउन महिनामा मात्रै नेपाल लाइफले ४७ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफले गत वर्ष ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो । दोस्रो धेरै प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेशनल लाइफ रहेको छ । नेशनलले २९ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको सन नेपालले १७ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । बीमा समितिले बैदेशिक रोजगार बीमालेखको पुल खारेज गरे सँगै सन नेपालले बैदेशिक रोजगार बीमालेख मार्फत प्रथम बीमा शुल्क आर्जन बढाउन सफल भएको छ ।

नयाँ जीवन तर्फ यस वर्ष ज्योति लाइफ अगाडी देखिएको छ । ज्योति लाइफले साउनमा मात्रै १३ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस पछि सिटिजनले १२ करोड २९ लाख, सूर्या लाइफ १२ करोड १३ लाख, एलआइसी ११ करोड १३ लाख, मेट लाइफ १० करोड ८३ लाख, रिलायबल नेपाल १० करोड ७७ लाख, युनियन लाइफले १० करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । यस वर्ष युनियन लाइफको भने घटेको छ ।

हेर्नुहोस् कुन कम्पनीको कति ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS