IME Life New

जीवन बीमा कम्पनीको पुस महिनासम्ममा कुल बीमा शुल्क आर्जन ७१ अर्ब ५ करोड, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पुस महिना सम्ममा जीवन बीमा कम्पनीहरुले कुल ७१ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको यहि अवधिको तुलनामा जम्मा ०.२० प्रतिशतले मात्रै व्यवसाय बढाएका छन् ।

मर्जर पछि सूर्यज्योति लाइफले आक्रामक रुपमा बजार विस्तार गरेको छ । कम्पनीले मर्जर पछि ५९ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

जीवन बीमा व्यवसायमा सधै आक्रामक नेपाल लाइफको व्यवासयिक बृद्धिदर भने यस वर्ष नमज्जाले खुम्चिएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा जम्मा १.३२ प्रतिशतले मात्रै व्यवसाय बृद्धि गरेको छ । कम्पनीले पुस मसान्तमा १८ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा कम्पनीले १८ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

प्रतिशतका हिसावले समिक्षा अवधिमा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले १९ प्रतिशतले व्यवसाय बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तमा एक अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

रकमका हिसावले सबैभन्द धेरै नेपाल लाइफको १८ अर्ब रहेको छ भने दोस्रो धेरै एलआइसी नेपालको ८ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत वर्षको यहि अवधिको तुलनामा ४ प्रतिशतले बढाएको छ । त्यस्तै तेस्रो धेरै बीमा शुल्क आर्जन गर्न सफल नेशनल लाइफले ७ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको तुलनामा १३ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा मेट लाइफ, एशियन लाइफ, गुराँस लाइफ, युनियन लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ, रिलायबल लाइफ र प्रभु लाइफको व्यवसाय खुम्चिएको छ । त्यस्तै यस अवधिमा राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ, नेपाल लाइफ, एलआइसी नेपाल, आइएमई लाइफ, रिलायन्स लाइफ, सिटिजन लाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफको व्यवसायमा भने सामान्य सुधार देखिन्छ ।

समिक्षा अवधिमा राष्ट्रिय बीमा संस्थानले ६ अर्ब १४ करोड, नेशनल लाइफ ७ अर्ब ६८ करोड, नेपाल लाइफ १८ अर्ब ८३ करोड, एलआइसी ८ अर्ब ७२ करोड, मेट लाइफ २ अर्ब ५० करोड, एशियन तीन अर्ब ४६ करोड, सूर्या लाइफ २ अर्ब ८ करोड, प्राइम २ अर्ब २६ करोड, आइएमई एक अर्ब ९५ करोड, युनियन तीन अर्ब ७५ करोड, ज्योति एक अर्ब ४७ करोड, सन नेपाल एक अर्ब ९४ करोड, रिलायन्स एक अर्ब ५० करोड, रिलायबल एक अर्ब ७८ करोड, सिटिजन २ अर्ब ६६ करोड, सानिमा एक अर्ब २४ करोड, प्रभु एक अर्ब तीन करोड, महालक्ष्मी ७५ करोड र सूर्यज्योती लाइफले ५९ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

60%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS