IME Life New

जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन ९७ अर्ब माथि, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरु प्रथम भन्दा धेरै नविकरण बीमा शुल्कमा केन्द्रित हुन थालेका छन् । कुल बीमा शुल्क आर्जन मध्ये नविकरण बीमा शुल्क आर्जनको हिस्सा ७० प्रतिशत रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा ९७ अर्ब ४ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

कुल बीमा शुल्क आर्जन तर्फ बजार हिस्सा २५ प्रतिशत मात्रै रहेको नेपाल लाइफको नविकरण बीमा शुल्क तर्फ भने २८ प्रतिशत छ । नेपाल लाइफ विगतका वर्षमा जारी भएका पोलिसीबाटै आफुलाई पहिलो नम्बरमा टिकाउन सफल भएको हो । कम्पनीको नविकरण बीमा शुल्क २८ अर्ब एक करोड रुपैयाँ छ ।

Esewa
Crest

दोस्रो स्थानमा रहेको एलआईसी नेपालले नविकरण बीमा शुल्क १५ अर्ब १० करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा १५.५६ प्रतिशत छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफको ९ अर्ब ४४ करोड रुपैयाँछ । जसको बजार हिस्सा ९.७३ प्रतिशत छ । चौथो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थाको ७ अर्ब ५१ करोड रुपैयाँ छ । राष्ट्र सेवक कर्मचारीका कारण कम्पनीको नविकरण बीमा शुल्क आर्जन धेरै देखिने गरेको छ ।

पाँचौ स्थानमा रहेको युनियनको ५ अर्ब ४० करोड रुपैयाँ छ । कुल तर्फ बजार हिस्सा ५.८२ प्रतिशत बजार हिस्सा रहेको यस कम्पनीको नविकरण तर्फ भने ५.५७ प्रतिशत छ । अन्य कम्पनीहरु क्रमश एशियनको ४ अर्ब ७३ करोड, मेट लाइफको तीन अर्ब ७६ करोड, प्राइम लाइफको तीन अर्ब ३२ करोड, सूर्या लाइफको तीन अर्ब, सिटिजन लाइफको २ अर्ब ६६ करोड, गुराँस लाइफको २ अर्ब ४३ करोड, आइएमई लाइफको एक अर्ब ९९ करोड, ज्योति लाइफको एक अर्ब ९५ करोड, रिलायन्स लाइफको एक अर्ब ७० करोड, रिलायबल नेपाल लाइफको एक अर्ब ५४ करोड, सन नेपाल लाइफको एक अर्ब ४६ करोड, सानिमा लाइफको एक अर्ब २९ करोड, प्रभु लाइफको ९४ करोड र महालक्ष्मी लाइफको ७३ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS