IME Life New

जीवन बीमा कम्पनीका शेयरधनीको ५७ अर्बको पूँजीकोषले ४ खर्ब ६८ अर्बको बीमा कोष सञ्चालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले ५७ अर्बको पूँजीकोषबाट ४ खर्ब ६८ अर्ब भन्दा धेरै रकमको बीमा कोष सञ्चालन गरेको पाइएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा बीमा कम्पनीहरुको जीवन बीमा कोष २२ प्रतिशलते सुधार गर्न सफल भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षमा जीवन बीमा कोष ४ खर्ब ६८ अर्ब रुपैयाँ पुर्याएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो कोष तीन खर्ब ८१ अर्ब रुपैयाँ थियो ।

त्यस्तै जीवन बीमा कम्पनीहरुले महाविपत्ती कोषमा तीन अर्ब ४ करोड रुपैयाँ जम्मा गरेका छन् । कम्पनीहरुले यस्तो रकम महापिपत्तीको समयमा प्रयोग गर्न पाउछन् ।

Esewa
Crest

गत असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ४३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १३ अर्ब ३४ करोड रुपैया रहेको छ । बीमा समितिले यहि वर्षको चैत मसान्त भित्रमा जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको छ । तोकिएको पूँजी पुर्याउदा जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ९५ अर्ब पुर्याउनु पर्नेछ ।

गत आर्थिक वर्षमा सबैभन्दा ठुलो जीवन बीमा कोष नेपाल लाइफको मात्रै एक खर्ब ३७ अर्ब रुपैया रहेको छ । जुन कुल जीवन बीमा कोषको २९ प्रतिशत हो । चुक्ता पूँजीमा पनि नेपाल लाइफको सर्वाधिक धेरै छ । अन्य कम्पनीहरुको पनि क्रमश एलआइसी नेपालको ९३ अर्ब ३६ कोरोड, नेशनल लाइफको ५१ अर्ब ११ करोड, एशियन लाइफको ३२ अर्ब, मेट लाइफको २० अर्ब ४४ करोड, प्राइम लाइफको १८ अर्ब ५५ करोड, सूर्या लाइफको १४ अर्ब, गुराँस लाइफको १२ अर्ब ४५ करोड, युनियन लाइफको ११ अर्ब २७ करोड, ज्योति लाइफको ६ अर्ब ३४ करोड, सिटिजन लाइफको ५ अर्ब ८१ करोड, आइएमई लाइफको ४ अर्ब ७१ करोड, रिलायबल नेपाल को एक अर्ब ९० करोड, रिलायन्स लाइफको तीन अर्ब ७५ करोड, सन नेपाल लाइफको तीन अर्ब ५१ करोड, सानिमा लाइफको तीन अर्ब ३४ करोड, प्रभु लाइफको तीन अर्ब र महालक्ष्मी लाइफको २ अर्ब १२ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS