IME Life New

जीवन बीमा अभिकर्ता परीक्षाको मिति तय, कहिलेदेखि हुँदैछ सुरु ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले माघको पहिलो साता हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति तय गरेको छ।

प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति सार्वजनिक गरेको हो।

Esewa
Crest

प्राधिकरणले माघ २ गतेदेखि माघ ५ गतेसम्म परीक्षा सञ्चालन गर्न लागेको हो। प्राधिकरणका अनुसार माघ २ तीन सिफ्टमा परीक्षा हुनेछ। जसअनुसार पहिलो सिफ्टमा बिहान ८ः३० बजेदेखि बिहान १० बजेसम्म, दोस्रो सिफ्टमा अपराह्न ४ बजेदेखि साँझ ५ः३० बजेसम्म र तेस्रो सिफ्टमा साँझ ६ बजेदेखि ७ः३० बजेसम्म परीक्षा सञ्चालन हुनेछ।

यसैगर माघ ३ र माघ ४ गते पनि तीन सिफ्ट परीक्षा हुनेछ। यी दुवै दिन पहिलो सिफ्टमा बिहान ८ः३० बजेदेखि बिहान १० बजेसम्म, दोस्रो सिफ्टमा अपराह्न ४ बजेदेखि साँझ ५ः३० बजेसम्म र तेस्रो सिफ्टमा साँझ ६ बजेदेखि ७ः३० बजेसम्म परीक्षा सञ्चालन हुनेछ।

माघ ५ गते पनि तीन सिफ्टमै परीक्षा सञ्चालन हुने प्राधिकरणले जनाएको छ। जसअनुसार पहिलो सिफ्टमा बिहान ८ः३० बजेदेखि बिहान १० बजेसम्म, दोस्रो सिफ्टमा दिउँसो १ः३० बजेदेखि दिउँसो ३ बजेसम्म र तेस्रो सिफ्टमा दिउँसो ३ः३० बजेदेखि साँझ ५ बजेसम्म परीक्षा सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS