IME Life New

जीवन बीमा अभिकर्ताले ३ महिनामा बुझे साढे २ अर्ब कमिशन, कुन कम्पनीबाट कति बुझे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा साढे दुई अर्ब कमिशन आफ्ना अभिकर्ताहरुलाई वितरण गरेका छन् । बीमा कम्पनीका मेरुदण्डको रुपमा रहेका अभिकर्ताले जीवन बीमा गराएबापत १८ प्रतिशतसम्म कमिशन पाउने गर्दछन् ।

बीमा समितिको असोज मसान्तसम्मको तथ्याङ्क अनुसार संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुमा करिब साढे पाँच लाख बीमा अभिकर्ताहरु आबद्ध छन् । साढे पाँच लाख अभिकर्ताले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा दुई अर्ब ५१ करोड ३१ लाख ६३ हजार रुपैयाँ अभिकर्ता कमिशन वापत रकम बुझेको ति कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अभिकर्ताहरुले एक अर्ब ६७ करोड ७० लाख ७८ हजार रुपैयाँ अभिकर्ता कमिशन वापत रकम बुझेकोमा यस आवको प्रथम त्रैमासमा अभिकर्ता कमिशनमा उल्लेख्य बृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४९ दशमलव ८५ प्रतिशतले बढी कमिशन बुझेका हुन् ।

पुरानो कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्सले सबैभन्दा बढि कमिशन वितरण गरेको छ भने नयाँ कम्पनीमा युनियन लाईफ इन्स्योरेन्सले सबैभन्दा धेरै कमिशन वितरण गरेको छ ।

पुराना जीवन बीमा कम्पनीहरु
चालु आर्थिक वर्षको पहलिो त्रैमासमा पुराना ९ जीवन बीमा कम्पनीहरुले १ अर्ब ९८ करोड ९३ लाख ११ हजार रुपैयाँ अभिकर्ता कमिशन वापतको रकम खर्चिएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध अभिकर्ताहरुले ८७ करोड ९९ लाख रुपैयाँ अभिकर्ता कमिशन वापतको रकम बुझेका छन् ।

त्यस्तै, एलआइसी नेपालमा आबद्ध अभिकर्ताहरुले ४४ करोड ४५ लाख रुपैयाँ अभिकर्ता कमिशन वापतको रकम बुझेका छन् भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले १९ करोड ४६ लाख रुपैयाँ अभिकर्ता कमिशन वापतको रकम बुझेका छन् ।
 नयाँ जीवन बीमा कम्पनीहरु
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नयाँ १० वटा जीवन बीमा कम्पनीहरुले ५२ करोड ३८ लाख रुपैयाँ अभिकर्ता कमिशन वापतको रकम खर्चिएका छन् ।

नयाँ कम्पनीहरुमा भने यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध अभिकर्ताहरुले १६ करोड ४६ लाख रुपैयाँ अभिकर्ता कमिशन वापतको रकम बुझेका छन् । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुले ६ करोड ४६ लाख रुपौयाँ अभिकर्ता कमिशन वापतको रकम बुझेका छन् । अभिकर्ताले बुझेको कमिशन बाहेका अप्रत्यक्ष खर्च यसमा समावेश गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS